विद्यार्थी कुट्ने शिक्षकलाई प्रहरी नियन्त्रण पछि मुद्दा ,
पुस २१ ,रुपन्देही – गृहकार्य नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षकलाई मुद्दा चलाईएको छ ।
,विद्यार्थीका आफन्तले आईतबार दिएको जाहेरीको आधारमा सम्मरीमाई गाउँपालिका–६ का शिक्षक शैलेन्द्र बरईविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको हो ।
उनीविरुद्ध बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ २ को घ (ङ) अनुसार मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी मर्चवारका प्रहरी निरीक्षक पोषणराज ढकालले बताए।
शिक्षकको कुटाइबाट गत बुधबार स्थानीय ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने १३ वर्षीय मोहम्मद तौफिक देवान घाइते भएका थिए।
‘बच्चालाई किन, के कारण र कुन वस्तुले कुटेको भन्ने विषयमा अनुसन्धान गरि अद्लात पेश गरिने प्रहरीले बताएको छ।
’विद्यालयले उनको घटना लुकाउने समेत गरेको थियो ,पाँच दिनपछि गत आइतबार घटना सार्वजनिक भएपछि प्रहरीले शिक्षकलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको हो।
पछिल्लो समय विद्यालयमा विभिन्न प्रकृतिका घटना घट्ने गरेका छन् ।