खाडी मुलुकमा नेपालीलाई समस्या आए तत्काल उद्दार गरिने ,श्रममन्त्री यादव,

पुस २२ ,काठमान्डौ – विभिन्न खाडी मुलुकमा नेपालीलाई अमेरिका–इरान तनावका कारण समस्या आए तत्काल उद्दार गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायले बताएका छन् ।

,मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै मध्यपूर्वमा देखिएको तनावलाई सरकारले नजिकबाट हेरिरहेको र तेस्को समधान खोजिने रायले बताए।

,मध्यपूर्वी क्षेत्रमा तनाव देखिने साथ यसको लागि पराराष्ट्रमन्त्रीसँग यस विषयमा छलफल गरेको जानकारी दिँदै उनले भने ,परराष्ट्रमार्फत सम्बन्धित मुलुकमा रहेको कूटनीतिज्ञलाई चनाखो हुन आग्रह समेत गरिएको छ।

परराष्ट्र मन्त्रालयको अगुवाइमा श्रम, गृहलगायत सरोकारवाला मन्त्रालयसँगको समन्वयमा आवश्यक टोली बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।

श्रम र परराष्ट्र सचिवस्तरमा पनि नियमित संवाद भइरहेको उनको भनाइ छ ।खाडीका मुलुकमध्ये साउदीमा करिब चार लाख र कतारमा तीन लाख ५० हजार बढी नेपाली कार्यरत छन् ।

यस्तै यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेका बताइएको छ । अमेरिका र ईरानको विवादले मध्यपुर्वमा जतिखेर पनि समस्या आउन सक्ने बताईएको छ।