ईरानमा जहाज दुर्घटना १७० जनाको मृतु ,

पुस २३ ,तेहरान – ईरानको राजधानी तेहरानमा विमान दुर्घटना हुँदा चालक सहित सबैको मृतु भएको छ ।

,यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जना विमानमा सवार थिए। ति सबैको मृत्यु भएको एजेनसीले पुस्टि गरेको हो ।

युक्रेन इन्टरनेसनल एअरलाइन्सको बोइङ ७३७ विमान बुधबार बिहान दुर्घटनाग्रस्त भएको हो।

विमान प्राविधिक समस्याका कारण दुर्घटना भएको अनुमान गरिएको छ विमान तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो।

विमान दुर्घटनाको अनुसन्धान गर्न इरान सरकारका अधिकारी दुर्घटनास्थल पुगेको र उद्दारको काम पनि जारी रहेको तेहरानका नागरिक उड्डयन प्रवक्ता रेजा जाफरजदेसले बताएका छन्।