ट्रम्प भन्छन सुलेमानी पहिलेनै मारिने आतंककारी हुन् उनलाई अहिले मारियो, ईरानमा थप नाकाबन्दी लगाउछु ,
पुस २३ ,काठमान्डौ – अहिले अमेरिका र ईरानको युद्दले सबैलाई ससंकित बनाएको छ ,।
अमेरिकाले ड्रोंन आक्रमण गरि ईरानका सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि ईरानले पनि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाईल आक्रमण गर्न सुरु गरेको छ ।
जसमा अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमा थप प्रतिबन्धको घोसना गर्दै भनेका छन् ।ईरानको हमलाबाट अमेरिकी सेनाकसैलाई पनि केहि भएको छैन ।
ईराकस्थिक अमेरिकी सेनाको क्याम्पमा आक्रमण गरेको केही घण्टापछि बुधबार साँझ ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने ईरानको मिसाईल आक्रमणबाट कोही अमेरिकी हताहत नभएको बताए।
ईरानले भने आफ्नो मिसाईल आक्रमणबाट ८० भन्दा बढी अमेरिकी सैनिकको मृतु भएको दाबि गरेको छ ,राष्ट्रपति ट्रम्पले आफुहरुसँग अत्याधुनिक हतियार भए पनि त्यसलाई अहिले प्रयोग गर्न नचाहेको बताए ।
उनले भने, हामीसँग अत्याधुनिक हतियारहरु छन्, तर हामी त्यसलाई प्रयोग गर्न चाहादैनौ ।’
उनले आफ्ना सैनिकहरु सुरक्षित रहेको समेत दाबी गरे । ट्रम्पले इराकमा अमेरिकी सेनाहरू बस्ने हवाई अड्डाहरूलाई लक्षित गरी गरिएको आक्रमणपछि इरान अमेरिकाभन्दा निकै तल उभिरहेको देखिएको भन्दै ब्यंग्य गरे ।
उनले अगाडी भनेका छन् ,मिसाईल आक्रमणमा कसैको मृतु भएको छैन ।हामि जवाफी युद्दको तयारिमा छौ तर ईरान पछि हटेकाले त्यो सम्भव छैन ।
,ईरानमा थप नाकाबन्दी लगाउने भन्दै ट्रम्पले भने जसका लागि रास्ट्रसंघमा प्रस्ताव लगिने समेत बताए ।
,कासिम सोलेमानी विश्वका प्रमुख आतंककारी भएको र उनि पहिलेनै मारिनु पर्नेमा अहिले मरेको भन्दै ट्रम्पले भन्छन, हामी अहिले तेलको नम्बर वान उत्पादक हौँ ।
हामीलाई मध्यपूर्वको तेल चाहिँदैन र्व इरानले आणविक कार्यक्रम तत्काल अन्त्य गर्नुपर्छ ।
ईरानले भने सुलेमानिको मृतु भएपछि ईरानी सनासंख्या बराबर ट्रम्पको टाउकोको मूल्य तोकेको थियो र बदला लिएरे छोड्ने बताएको छ।