उपसभामुखले राजिनामा दिने तयारि ,

पुष २६ ,काठमान्डौ – उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा गराउने नेकापाले निर्णय गरेको छ।

,आज शनिबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकले उपसभामुखलाई राजिनामा गराउने र सभामुखमा उमेद्वारी दिने तयारि गरिरहेको छ ।

,सभामुखमा कसलाई गराउने भन्ने भने टुंगो अझै लाग्न सकेको छैन ।,बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्री ओली भने उपस्थिति हुनसकेनन ।,यो विषयमा ओली शुक्रबार बैठकमा बसी छलफल गरि निर्णय गरेका हुन् ।

ओली र प्रचण्डको छलफलमा उपसभामुखलाई राजिनामा गराउने छलफल भईसकेको हुनाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा गराउने र सभामुखमा उमेद्वारी गराउने निर्णय भएको प्रवक्ता नारायण काजि श्रेष्ठले बताए ।

,सब सभामुखमा दुई अध्यक्ष बीच आ आफ्नै तर्क र रोजाई छ ,यसको टुंगो भने उपसभामुखको राजिनामा पछि खुल्ने छ ।

प्रधानमन्त्री ओलीको अडानमा पुर्व सभामुख सुवास चन्दर नेम्वाङ् छन् भने प्रचण्डको अडानमा अग्नि सापकोटा छन् ।

,पुर्व माओवादीबाट नै सभामुख हुने र सभामुखको लागि आफ्नो अडान नछोडन प्रचण्डलाई पार्टी कार्यकर्ताले दबाब दीइरहेका छन्।