उपसभामुखलाई कँहाबाट आउछ यति ठुलो ताकत ,म राजिनामा दिन्न,

पुष २६ ,काठमान्डौ – सभामुख चयन र उपसभामुखको राजिनामाले अहिले नेकपा सचिवालयको बैठक दैनिक जस्तो बस्ने गरेको छ ।

,नेकपा सचिवालयको आज बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा गराउने निर्णय गरेको छ तर उपसभामुखले राजिनामा आफुले नदिने जस्तो कुरा गरेकी छिन ।

किन कि राजिनामा दिने भन्ने विषयमा पहिलेनै कुरा उठेको हो उनको राजिनामा नहुनाले सभामुख चयनको विषयले बाटो पाएको छैन ।

उपसभामुख तुम्बाहाङ्फेले भनिन्- ‘नेताहरुसँग मेरो कुरा बाँकी छ, राजीनामा दिन्न यति ठुलो ताकत उनीमा कसरि आउछ बुझ्ने गारो छ ।

हुन त उपसभामुखले सभामुखको दाबि गर्नु स्वाभाविक हो तर पार्टीको निर्णयमा उनि झुक्ने लगावत पक्कै होला ,।

प्रधानमन्त्री ओलीले उपसभामुखको राजिनामा नभएपनि सभामुख चयन गर्न सकिने भनेपनि यसमा प्रचण्ड दाहाल मान्न तयार छैनन् ।

,माओवादीले सभामुख पायो भने उपसभामुख एमालेको हातमा त पर्ला तर को भन्ने पनि प्रश्न हो ।

,आफुलाई राजिनामा गराउने बारे नेकपाको बैठकले निर्णय गरेकोमा उपसभामुखले केहि थाहा नभएको जानकारी गरेकी हुन् ।

,उनले भनिन भोलिको बैठक म संचालन गर्छु अनिमात्र म पार्टी संग कुरा गर्छु उनले भनिन।

नेकपा सचिवालयको आजको बैठकले भने उपसभामुखलाई राजिनामा गराउने र सभामुखको निर्वाचन प्रक्रिया अगाडी बढाउने निर्णय गरिसकेको छ ,।

प्रधानमन्त्री ओली र प्रचण्डको आ आफ्नै नेताको लागि सभामुख दाबि छ भने रास्ट्रपति विद्यादेवी भण्डारी भने उपसभामुखलाइ नै सभामुख दिनु पर्छ भन्ने अडानमा छिन।

जसको आडले पनि उपसभामुखले म दिन्न भनेको हुनुपर्ला तर त्यो सम्भव छैन। ,