केन्द्रिय प्रशारण लाईनमा गोलि चल्यो १४ ओटा मोटर साईकलमा आगजनी,

माघ ४ ,सोलुखुम्बु – सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयाेजित कार्यक्रममा गोली चलेको छ ।

स्थानियका अनुसार एकजनालाई गोलि लागेको छ ,प्रहरीले भने गोलि लागेको पुस्टि गरेको छैन , ।

कार्यक्रमा सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई तिङ्लावासीले अवरोध गर्दै ढुङ्गामुडा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रु ग्याँस प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

उनीहरुले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न कार्यक्रम विथालेको छन् । यस्तै प्रदर्शनकारीले १४ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी गरेका छन् ।

तिङ्ला बन्द हुँदा ओखलढुङ्गा-सल्लेरी फाप्लु सडक खण्डमा गाडी र यात्रु अलपत्र परेका छन् ।

तिङ्लाको लाम्मानेमा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा कार्यक्रम राखिएको थियो ।

तर प्रसारण लाइन सबस्टेसनबाट प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका-११, तिङ्लामा सहमति अनुसार विद्युतलाइन विस्तार नगरी वडा नम्बर-८ को पत्तालेमा प्रसारण लाइनको उद्घाटन गर्न लागेको कारण आफूहरुले विरोध गरेको उनीहरुले बताएका छन् ।

तिङ्लावासीको विरोधकपछि प्रसारण लाइन उद्घाटन कार्यक्रम स्थगित भएको छ ।