एन्फाका अध्यक्षमाथि सांसद दिपक मनाङ्गेको कुट्पिट ,

माघ ७ ,पोखरा – गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ एन्फाका कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।
मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै अध्यक्षमाथि मनाङेले कुटपिट गरेका हुन् ।
गुरुङ प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेको बेला मनाङ्गेले हातपात गरेका थिए ।

एन्फा कास्कीका अध्यक्ष गुरुङका अनुसार मनाङबाट आएको टिमको खेल भोलिबाट खेल्ने छ । खेलाडी हरुलाई मंगलबारबाट मात्र होटलमा राख्ने व्यवस्था मिलाइएको थियो ।

तर मनाङ्गेले भने खेलाडीलाई एक हप्ता आगाडीबाटको भत्ता दिनुपर्ने भन्दै हातपात गरेको अध्यक्षले बताए ,।हामि कानुन भन्दा माथि जान सक्दैनौ भन्दा मा माथि हातपात भयो उनले भने ।
,सहभगी टिमलाई खबरनै नगरी अन्तिम समयमा प्रतियोगिताको मिति सरेको र मनाङबाट आएको टिमलाई बस्ने व्यवस्था समेत नमिलाएको भन्दै उनले झापड हानेको स्वीकार गरे ।
उनले भने ‘८/९ घन्टा हिँडेर आएको खेलाडीहरुसँग जोक गर्ने ?’एन्फा मनाङका अध्यक्ष निरज गुरुङले पनि प्रतियोगिताको व्यवस्थापन राम्रो नभएको गुनासो गरे ।
प्रदेश सरकारको आर्थिक सहयोगमा मुख्यमन्त्री कप प्रतियोगिता लेखनाथको भण्डारढिकमा सुरु भएको छ ।
खेलमा सहभागी टिमलाई खान बस्न उचित व्यवस्था नै नगरिएको एन्फा मनाङका अध्यक्ष गुरुङले जानकारी दिए ।
