सोनाम ल्होछार टुडिखेलमा तामझामका साथ् मनाईदै ,

माघ ११ ,काठमान्डौ – आज तामाङ हरुले सोनाम ल्होछार भव्यरुपले मनाउदै छन् ,।काठमान्डौको टुडिखेलमा विभिन्न कार्यक्रम गरि सोनाम ल्होछार पर्व तामाङ् समुदायले मनाईरहेका छन्।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५५ औं वर्ष पूरा भएर २८५५ औं वर्ष सुरु हुन्छ ।

उनीहरु विभिन्न झाँकीहरु प्रस्तुत गरेका छन् भने आफ्नो समुदायको नाच प्रस्तुत मनोरंजन गरिरहेका छन् ।तेसै गरि लामा झाँक्रीहरुले आफ्नो प्रस्तुति देखाएका छन् ।

तामाङ् चलचित्र संघले सरकार सोनाम ल्होछारको विदा गर जस्ता नारा लगाएको छ भने ,।

सोनाम ल्होछारको प्रवर्दन ,हाम्रो सांस्कृतिक एकताको नारा ,ताम्सालिङ्ग प्रदेशको स्थापना हाम्रो राजनीतिक एकताको अभिभारा नारा लेखेको ब्यानर सहित आफ्ना प्रस्तुतिहरु देखाएका छन् ।