नेपालमा पनि भेटियो कोरोना भाईरस ,हात मिलाउन छोड्नुहोस जिव जनावरदेखि टाढा रहनुहोस ,

माघ १० ,काठमान्डौ – नेपालमापनि एक जनामा कोरोना भाईरस फेला परेको पुस्टि भएको छ ।

,स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्ने यसबारे जानकारी दिएको हो।टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शंका लागेर नमूना परीक्षणको लागि हङकङ पठाएको थियो।

सो बिरामीको रिपोर्ट हिजो आएको र बिरामीमा कोरोना भाइरसको संक्रमण भेटिएको अस्पतालले पुष्टि गरेको हो।

चीनको हुवान सहरबाट फैलीएको यो भाईरसले हाल सम्म चिनमा २६ जनाको मृतु भईसकेको छ भने ८ सय ३० जना संक्रमित रहेको बिबिसीले उल्लेख गरेको छ।

हुवान सहर हुँदै अहिले यो भाईरस दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस सङ्क्रमणका बिरामी भेटिएका छन्।

यो अहिले सम्मकै नँया भाईरस गत डिसेम्बरमा फेला परेको थियो। ,बिरामीबाट लिइएको भाइरसको नमूना जाँचेर चिनियाँ अधिकारी र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस भनेर पहिचान गरेका हुन्।

खस गरि कोरोना धेरै प्रकारका हुने र जसमा छ प्रकारका मात्र मान्छेमा सर्ने चिकित्सकले पुस्टि गरेका थिए।

,तर हाल सालै अहिले २६ जनाको ज्यान लिएको कोरोना भाईरस भने बिल्कुलै नँया रहेको र अब मानिसमा सर्ने कोरोना भाईरस सात प्रकारका रहेको चिकित्सक बताउछन ,।

नयाँ भाइरसको ‘जेनेटिक कोड’ विश्लेषणबाट यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरू कोरोना भाइरसको तुलनामा धेरै भएको पत्ता लागेको छ।

यो कोरोना भाइरसकै एक प्रकार ‘सार्स’ जत्तिकै शक्तिशाली भएको बताइएको छ।सार्स धेरै खतरनाक कोरोना भाइरस हो।

चीनमा सन् २००२ मा ८ हजारभन्दा बढी मान्छे यसबाट संक्रमित थिए। ७७४ जनाको मृत्यु भएको थियो।

यो भाईरसले मानिसमा सामान्य रुघा खोकी लाग्ने थकान हुने असर देखिएपनि यसको असर गम्भीर हुँदा मानिसको मृतु हुने गर्दछ ।

,अनुसन्धाताका अनुसार यो भाईरस एक प्रजातिको जिव हुँदै मानिसमा सर्ने गर्दछ ।,यो कसरी र कस्तो अवस्थामा सर्दै आउँछ भन्नेबारे हालसम्म कुनै जानकारी छैन।

नोटिङ्गम युनिभर्सिटीका जीव वैज्ञानिक जोनाथन बलका अनुसार यो बिल्कुलै नयाँ भाइरस भएकाले धेरै जानकारी लिन सकिएको छैन।

जनावरबाट सरेर मान्छेमा आएको उनको अनुमान छ।यसअघि आतंक फैलाउने सार्स भाइरस पनि बिरालो जातको जनावरबाट मान्छेमा सरेको थियो।

कोरोना भाइरसबाट कसरी बच्ने ? हेर्नुस् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयार पारेको पर्चा

यो भाइरस बाट बच्न ,

१ ब्याक्ति बाट हात नमिलाउनुहोस ,
२ काम बाहेक जीव जनावरबाट टाढा रहने
३ पानि सधै तताएर पिउने ,
४ सधै सरसफाईमा ध्यान दिने
५ धेरै समय रुघा खोकी लाग्ने र थकान महसुस भएमा चिकित्सक संग जांच गराउने,

६ सधै माक्सको पयोग गर्नुहोस ,
७ अरुको कपडा प्रयोग नगर्ने आदि ,