माईला लामालाई अदालतले छाड्ने प्रहरीले समात्ने ,

माघ १९ ,काठमान्डौ – विप्लव समूहका तत्कालीन उपत्यका ब्युरो इञ्चार्ज माइला लामासहित ३ जनालाई पाटन उच्च अदालतले छोड्न आदेश दिएको छ ।
अदालातले छोड्ने आदेश दिए लगतै उनीहरुलाई प्रहरीले पुन: पक्राउ गरेको हो ।
मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार लामासहित केन्द्रीय सदस्य नवीन विश्वकर्मा, अनेमसंघ (क्रान्तिकारी) कि महासचिव धिरेन्द्राकुमारी उपाध्याय र ईश्वर परियारलाई छाड्न आदेश दिएको थियो ।
ललितपुरको नख्खु विष्फोट प्रकरणमा तिनै जनालाई मुद्दा चलाइएको थियो ।आइतबार ललितपुर प्रहरी परिसर, जावलाखेलले पत्र लेख्दै चारै जनालाई उपलब्ध गराइदिन नख्खु कारागारलाई भनेको छ ।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पनि उनीहरुलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीमा उनीहरुविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा रहेकाले पुनः नियन्त्रणमा लिइएको हो ।हामि चारै जनालाई सुनसरी पठाउना लागेका छौ राईले भने ।
