गायक प्रमोद खरेलले आफ्नो प्रतेक कार्यक्रमबाट गौतमबुद्द क्रिकेट रंगशालालाई रकम छुट्याउने घोषणा ,

माघ २० ,काठमान्डौ – गायक प्रमोद खरेलले जनस्तरबाट निर्माण भईरहेको गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि आफ्नो तरफबाट सहयोग गर्ने घोषणा गरेका छन् ।

गायक खरेलले अब देखि आफ्नो प्रतेक सांगीतिक कार्यक्रमबाट पाउने पारिश्रमिकको ५१११ रुपैया अन्तराष्ट्रीय क्रिकेट रङ्गशालालाई छुट्याउने घोषणा गरेअका हुन् ।

२०७६ माघ १७ देखि २०७७ माघ १७ ( अर्थात् १ वर्ष ) भित्र उनले गरेका प्रतेक संगीत कार्यक्रमको पॉच हज़ार एक सय एघार का दरले जनस्तरबाट निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट रङ्गशालालाई दिने घोषणा गरेका हुन् ।

lekbesi

चितवनमा जनस्तरबाट निर्माणाधीन रंगशालालाइ धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने जिम्मा पाएको छ ।

रङ्गशाला निर्माणको अभियानका लागि भनेर हिजोदेखि महायज्ञ शुरुवात पनि गरिएको छ ।

देश देखि विदेशबाट क्रिकेट रङ्गशालालाई सहयोग स्वरुप रकम पठाउने गरिएको छ ।

विभिन्न संघ संस्थाले पनि आ आफ्नो तरफबाट रङ्गशालालाई आर्थिक भौतिक सहयोग गरिरहेका छन् ।