मोबाईलको मेमोरी कार्ड विवादमा महिलाको हत्या चार जना पक्राउ ,
माघ २० ,जनकपुर – मोबाईलको मेमोरी कार्डको विवादमा महिलाको हत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मेमोरी कार्ड विवादमा धनुषाको औरही गाउँपालिका २ बस्ने २२ वर्षीया चिन्तामणी पासवानको घाँटी थिचेर हत्या आरोपमा श्रीमान्सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।
गत माघ १८ गते नन्द भाउजुबीच मेमोरी कार्ड लेनदेन विवादमा महिलाको हत्या गरिएको प्रहरीको भनाई छ ,।
हत्या आरोपमा मृतकका ससूरा ५५ वर्षीय राधाकृष्ण पासवान, सासू ४५ वर्षीया कुमला पासवान, ३० वर्षीय श्रीमान अनिल कुमार पासवान र २० वर्षीय नन्द पुनिता पासवानलाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको हो।
औरही गाउँपालिका २ बस्ने अनिल कुमार पासवानको श्रीमति २२ वर्षीया चिन्तामणी पासवान र नन्द पुनिता पासवान बीच मोबाइको मेमोरी कार्ड विषयमा झगडा भएको थियो ।
उक्त विषयमा चिन्तामणीलाई सासू, ससूरा, श्रीमान् र नन्द मिली कुटपिट गरी घाँटी थिचेर हत्या गरेको प्रहरीको अभियोगपत्रमा उल्लेख छ।
परिवारका सदस्यले अपराध लुकाउन मृतक झुण्डिएको हो भनेर हल्ला-खल्ला गरी जिउदै रहेको भन्दै अटो रिक्सामा राखी उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याइयो ।
तर उनलाई अस्पताल पुर्याउदा उनको मृतु भईसकेको थियो ।घटनाको विषयमा प्रहरीलाई जानकारी भएपछि प्रहरीले छानबिन अगाडी सार्यो ।
छानबिनको क्रममा कुमला पासवान र पुनिता पासवानलाई जनकपुरधाम उप-महानगरपालिका ४ पेठिया बजारबाट प्रहरीले पक्राउ गर्यो ।
भने अन्य दुई जना राधाकृष्ण पासवान र अनिल कुमार पासवानलाई सोमबार बिहान ६ बजे धनुषाको जनकनन्दनी गाउँपालिका २ स्थित बलहा टोलमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जनाए।
पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरि अगाडी बढाईएको बस्नेतले बताए ।