Gold

डा. केसीको सरकारलाई १५ दिने अल्टिमेटम ,,

Naumule Migrate

१६ चैत, काठमाडौ –  डा. गोविन्द केसीले आफ्ना चारबुँदे माग पुरा गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन् । पटक पटक आफ्ना माग हरु सरकार सामु राख्दै आयका केसीले यति खेर पनि आफ्ना माग राख्दै पुरा नभए फेरी अस्सन बस्ने चेतावनी दियका छन् ।

डा. केसीले शुक्रबार विज्ञप्ती जारी गर्दै चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसदमा पेश गरेर यथारुपमा पारित गर्न, चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्बजानिक गरी दोषीलाई कारबाही गर्न माग समेत गरेका छन् ।

त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिनु पर्ने र त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजमा सरकारले तोके अनुरुप स्नातकोत्तर तहको शुल्क २२ लाख ५० हजार कायम गर्नु पर्ने उनको माग छ । यस्तै निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गरेर उचित कारवाही गर्न समेत डा. केसीले सरकार समक्ष माग गरेका छन् ।

डा. केसीद्धारा जारी विज्ञप्तमा भनिएको छ, मागहरु चैत्र महिनाभित्र पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौं ,नभए सत्याग्रह आन्दोलन शुरु गर्ने जानकारी गराउँछौं भन्दै १५ दिने अलितिमेटम समेत दियका छन् ।

Naumule Badhipahiro