Gold
Bangad salyan

शिक्षक कर्मचारीको नियमित हेर्न सुनौलीबजारको सरस्वती प्राविमा ई हाजिरी जडान

असार १७

Salyan

सल्यान – कर्णाली प्रदेश सल्यान जिल्लाको सुनौलीबजार श्री सरस्वती प्राथमिक बिद्यालयमा बिद्धुतिय हाजिरी ( ई – हाजिरी ) जडान भएको छ।

बनगाड कुपिन्डे नगरपालिका वडान  ६ स्थिति उक्त विध्यालयमा
शिक्षक कर्मचारीको नियमित उपस्तिथि चेक जांचको लागि नगरपालिकाले ई हाजिरी जडान गरेको हो।

दैनिक रुपमा कर्मचारी शिक्षक विध्यालय आए नआएको डेटा ई हाजिरीले दिने छ। बनगाडका प्रतेक विध्यालयमा ई हाजिरी जडान गरिने नगरप्रमुख कर्ण बहादुर बुढा ( छहारी ) ले जनाए ।

विध्यालयसंग विध्यार्थीको भविष्य जोडिएको छ। अभिभावकले पनि नियमित आफ्ना छोरा छोरीलाई विध्यालय पठाउनु पर्यो।

शिक्षक कर्मचारी पनि दैनिक रुपमा उपस्तिथि हुनु पर्यो जस्ले गर्दा नै बिध्यालय र विध्यार्थीको गुणस्तर राम्रो हुन्छ । उक्त कार्यको लागि पनि प्रतेक बिध्यालयमा ई हाजिरी जरुरी छ मेयर बुढाले भने।