मेलम्ची खाने पानि योजना बिचमै रोकियो ठेकेदार कम्पनीले माग्यो थप १ अर्ब ६५ करोड ,,
२८ चैत, काठमाडौं – मेलम्ची खानेपानी परियोजनाको सुरुङ निर्माण गर्ने इटालियन कम्पनी ठेकेदार कम्पनी थप १ अर्ब ५६ करोड रकम मागेको छ । ईटालियन को-अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी) ले मेलम्ची खानेपानी परियोजनासँग ठेक्का सम्झौता
सरकार संग ७ अर्ब ७१ करोडमा सुरुङ र इन्टेक निर्माण गर्नेगरी ठेक्का सम्झौता गरेको थियो ।उसले नेपालको आन्तरिक राजनीतिक अवस्था र प्राकृतिक विपदका कारण उत्पन्न विषम परिस्थितिले घाटा लाग्ने अवस्था आएको भन्दै क्षतिपूर्ति दावी गरेर थप१ अर्ब ६५ करोड भेरियसन माग गर्दै सरकार संग आवेदन बुझायको छ ।
मेलम्ची खानेपानी आयोजनाले भने कम्पनीलाई २८ करोड मात्रै भेरियन दिने निर्णय गरेको छ । त्यसमा सीएमसीले चित्त बझाएको छैन ।आयोजना प्रमुख रामचन्द्र देवकोटाकाअनसार उसले पुनरावलोकन समितिमा आयोजनाले दिएको भेरियनमा असहमति जनाउँदै पुनरावेदन गरेको छ । यदि समितिले पनि पुनरावलोकन नगरे सिंगापुरका आर्बिटेसन अदालतमा मुद्धा दायर गर्ने चेतावनी कम्पनीले दिएको छ ।
यता भने सरकारले दसैँ अगाडी काठमान्डौ का जनतालाई मेलम्चीको पानि खुवाउने प्रतिवद्दता गरेको छ ,,विना मगरले खानेपानी मन्त्रालय समहालेलगत्तै दबाव दिएर सुरुङ खन्ने काम चाँडो सक्न लगाइएको छ यसै बेला कम्पनीले थप रकम को लागि निवेदन पेश गरेको छ सुरुङको फिनिसिङको काम ठेकेदार कम्पनीले अवरोधबिना गरिदिए मात्रै यो सम्भव हुनेछ । यता सरकारले २८ करोड थप भुक्तानी दिने निर्णय गरिसक्यौं, देवकोटाले भने,’ठेकेदार कम्पनीलाई चित्त नबुझेको भए कानुनी रुपमा अघि बढ्न सक्छ । हामीले ठेक्का अवधि लम्बिँदा उसलाई भएको क्षतिको अध्ययन गरेर यो अतिरिक्त भुक्तानी दिने निर्णय गरेका हौं । थप दिने अवस्था छैन ।’
कम्पनीले सन् २०१४ बाट सरुङ निर्माण्को जिम्मा पाएको थियो । तर, भूकम्प र नाकाबन्दीका कारण समयमै काम गर्न नसकेको भन्दै उसले ठूलो भेरियसन माग गरेको हो ।यसअघि चिनयाँ ठेकेदार कम्पनीले निकै सुस्त गतिमा काम गरेपछि सरकारले सीएमसीलाई सुरुङ निर्माणको जिम्मा दिएको थियो । सीएमसीले मंगलबार तीनवटै खण्डको ब्रेक-थ्रु गर्दै सुरुङमार्ग खन्ने काम सकाएको छ ।
खन्ने काम सकिए पनि अडिट सुरुङहरु थुन्ने, सुरुङमा क्रंक्रिटमार्फत फिनिसिङ गर्ने काम बाँकी नै छ । यस्तो अवस्थामा उसले अतिरिक्त भुक्तानीमा चित्त नबुझाउँदा काम रोकेर असहयोग गर्ने सम्भावना छ ।आफूले दावी गरेको अतिरिक्त भुक्तानी नपाएपछि उसले अन्तिम खण्डको ब्रेक-थ्रु प्रभावित हुने गरी काम रोकेको थियो ।
सम्झौताअनुसार सीएमसीले २०७३ असारभित्र सुरुङ र इन्टेक निर्माण गरिसक्नुपर्ने थियो । तर विभिन्न कारणले त्यो सम्भव भएन ।सन् २०१३ को सुरुमै सुरुङ निर्माण सक्ने गरी सन् २००९ मा ठेक्का पाएको चिनियाँ ठेकेदार चाइना फिफि्टन रेल्वे ब्युरोले झन्डै चार वर्षमा जम्मा साढे ६ किमिमात्र सुरुङ निर्माण गरेपछि सीएमसी आएको थियो ।
चिनियाँ ठेकेदारले साढे २७ किमि सुरुङ र इन्टेक बाँध बनाउन ४ अर्ब २८ करोड रुपैयाँमा ठेक्का पाएको थियो ।६० करोड बिल भुक्तानी लिएको चिनियाँ ठेकेदारले ढिला गरेर जम्मा साढे ६ किमिमात्र सुरुङ खनेपछि लापरबाही भएको भन्दै नयाा टेण्डर गदा लागत दोब्बरले बढेको थियो ।