surkhet

सभामुख महरा भन्छन माओवादीको सबै जिम्मेवारी त्यागिसके ,,

surkhet

२८ चैत, काठमाडौं – माओवादी नेता साथै सभामुख कृष्णबहादुर महराले आफू अहिले माओवादी केन्द्रमा नरहेको प्रष्ट पारेका छन् ।
उनले सभामुखमा सपथग्रहण लगत्तै पार्टीको सबै जिम्मेवारीबाट अलग भइसकेको उनले बताए ।संसदीय मामिला पत्रकारसँग बुधबार सिंहदरबारमा कुरा गर्दै महराले भने,‘सभामुख नहुदा पार्टीमा रहँदा पनि म सबैसग सन्तुलनमा रहने भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायसग संवाद गर्नलाई पार्टीले खटाउथ्यो । अब सभामुखको पदमा रहुन्जेल निष्पक्ष भुमिकामा हुन्छु । हिजो माओवादी पार्टीमा थिए तर अब छैन ।

Gorkha

अर्को एक प्रसंगमा सभामुख महराले दुई वर्षभित्रमा संसदको आफ्नै भवन हुने बताए । उनका अनुसार सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसद भवन बन्नेछ । त्यसका लागि पुतली बगैचामा रहेको सेनाको ब्यारेक गृहमन्त्रालय पछाडि सार्न प्रधानसेनापति सहमत भैसकेको उनले बताए । भवन निर्माणका प्राबिधिक काम शुरु भैसकेको सभामुखले बताए ।

सभामुख महराले आगामी असोज भित्र संविधान अनुसार सबै कानूनहरु बनाइसक्नु परने भएकाले सबै मन्त्रालयले विधेक मस्यौदा गरेर पठाउन प्रधानमन्त्री सग कुरा भैसकेको बताए ।उनले संसदको रिपोर्टिङ गर्ने पत्रकारको सुबिधाका लागि आफूले सघाउने बताउका छन् ।

salyan