यो संकटमा डेढ करोडका गाडी किन्दै पानीजहाज कार्यालयको कस्तो निर्णय हो ,
वैशाख २४ काठमान्डौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको नेपाल पानीजहाज कार्यालयले डेढ करोड रुपैयाँ बराबरको गाडी किन्ने भएको छ ।
कार्यालयले एक करोड ४३ लाख ९८ हजार रुपैयाँमा दुई गाडी खरिदका लागि टेन्डर स्वीकृत गरेको छ । गाडी किन्ने ठेक्का कार्यालयले सिप्रदी ट्रेडिङलाई दिने सूचना जारि गरेको छ ।
कार्यालयले गत फागुन ८ गते सूचना प्रकाशित गर्दै दुईवटा गाडी खरिदका लागि टेन्डर आह्वान गरेको थियो । कार्यालयले चारपांग्रे एसयूभी गाडी किन्न लागेको हो ।
मुलुक कोरोना भाइरस संक्रमणविरुद्ध लड्न खर्च अभाव हुनसक्ने भन्दै अर्थ मन्त्रालयले विभिन्न १४ शीर्षकमा खर्चमा प्रतिबन्ध लगाएको छ ।
उक्त प्रतिबन्धअनुसार कुनै पनि निकायले चालु आर्थिक वर्षमा नयाँ सवारीसाधन किन्नमा रोक लगाइएको छ ।