surkhet

दलालहरुको पन्जामा नेपाली ,राजनीति,

किसोर सुवेदी

surkhet

जेठ ५ ,काठमान्डौ – राजनीति भनेको देशको मुख्य नीति हो।यहि नितिमा आधारित भएर अन्य नीतिहरु को निर्माण गरिन्छ।

जब देशको मुख्य नीति ठिक हुन्छ तब देश ले विकासको गति लिन्छ।जबजब राजनीति कुबाटो हिंड्न् खोज्छ तब देशको विकास खाली गफ मात्रै बन्छ।

राजनीतिक स्थिरता नभएका देशहरू प्रायः भौतिक विकासमा पछि परिरहेका छन् ।जुन देशको राजनीति स्थिर छ त्यस रास्ट्रको विकास तिब्र गतिमा भएको छ।

Dailekh

राजनीति लाई स्थिर वा अस्थिर बनाउने त्यो हात त्यस देशका नेतृत्व गर्ने नेताहरुको हातमा हुन्छ।जुन देशको नेतृत्व संग दीर्घकालीन देश विकासको सोच र बिचार छ ,त्यहाँ राजनीतिक स्थिरता भएको पाइन्छ।

जुन देशको नेतृत्व संग आफू कसरी बन्ने ,परिवारलाई कसरी बनाउने ,आफ्नो गुट बनाउने,पार्टी बनाउने अल्पकालीन सोच र बिचार छ ,त्यो देश अस्थिर राजनीति को सिकार भएको पाइन्छ ।

राजनीति भनेको विशुद्ध जनताको सेवा हो तर अहिलेका शासक वर्गले यसलाई पेसा को रूपमा लगिरहेका छन।राजनीतिमा छिरेर अकुत सम्पत्ति कमाई शहरमा ठुलठुला महल खडा गरिरहेका छन अहिलेका राजनीति गर्ने नेताहरूले ।

अनि उनीहरुले हामी श्रमजीवी सर्वाहारा का असली नेता हौ भनेर चिल्ला र बोक्रे भासण गर्न पछि पर्दैनन् ।

जनताको नाममा आएको विकास निर्माणको बजेट पनि सके आफैले त्यति नसके आफ्ना नातागोता लाई त्यसको ठेक्का दिएर त्यस बाट थुप्रै कमिसन आफुलाइ आउने गरि सेटिङ मिलाउन माहिर छन अहिलेका दलाल नेताहरु ।

यो कुरा आम सर्वसाधारण जनतालाई जानकारी त के सुइँको सम्म थाहा छैन ।जनता कै नाममा आएको पैसा घोटाला गरि तिनै सोजा जनतालाई दारुपानी को प्रलोभन देखाइ आफ्नो मुट्ठीभर चलाउन खोज्दैछन दलाल नेताहरुले ।अनि कसरी कल्पना गर्न सकिन्छ सुखी र समृद्ध समाज अनि रास्ट्रको ?

देश आज विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस बाट आक्रान्त भैरहेको बेला पनि दलाली र भ्रष्टाचार गर्न पछि छैनन् भ्रष्ट नेताहरु।

दुई पैसाको काम गरेर सय पैसाको काम गरे भनेर प्रचारप्रसार गर्ने कस्मेटिक नेताहरुको कमि छैन। हाम्रो देश नेपालमा, हत्या ,अपहरण ,बलात्कार ,लूटपाट ,ठगी ,दलाली,गुन्डागर्दी ,चोरीपैठारी ,आदिआदी नकारात्मक कार्य पनि नेतृत्व तह बाट नै भैराखेको तपाई हामीहरुले देखिरहेका छौ।

जसका थुप्रै उदाहरणहरु छन,खराब मानसिकता बोकेका नेताहरुका पछि लाग्ने अन्धभक्तहरु को संख्या पनि उल्लेख्य छ।

कुनै नेताले भ्रष्टाचार गर्यो त्यसको ढाकछोप गर्न तिनै अन्धभक्तहरुले न्वारान देखिको बल लगाएर तर्क र तथ्यहिन नाङ्गो नाच नाचिरहेका छन ।

धरातलीय यथार्थमा रहेर वस्तुस्थितिको ठोस मुल्यांकन गर्ने कुरामा सतही बुझाइका कारण अंसको अध्ययन गरेर समग्र विश्लेषण गर्न खोज्ने यात समग्र विश्लेषण गर्दा धरातलीय यथार्थ भित्रको अंसले प्रभाव पार्ने मुल कुरालाई बेवास्ता गर्ने मुख्य समस्या अहिलेको नेतृत्वमा देखापरेको समस्या हो।

यसलाई संगठनको रूपबाट उदाहरण दिनु पर्दा संगठन भित्रको कुनै नेतृत्व या कार्यकर्ता पलायन भएर गयो भने एकथरीको बुझाइबाट आन्दोलनको कचेरा निस्क्यो भनेर कारण खोज्न तिर नगइ सामान्य रुपबाट ब्याख्या गर्ने र अर्को थरी बुझाइबाट यसलाई सारा बिग्रँदै गएको ठानेर तिललाइ पहाडको रूपमा बुझेर सिङ्गो संगठन नै भत्किएको ब्याख्या विश्लेषण गर्ने,यो नै वस्तुस्थितिको ठोस मुल्यांकन नगरी अतिरन्जित पाराले गरेको ब्याख्या विश्लेषण हो।

जसले गर्दा वैज्ञानिक तथा वस्तुवादी योजना बनाउनमा बाधा पुर्याउछ ,यस्ता प्रकारका थुप्रै समस्याहरु देखा परिरहेको छ अहिलेको नेतृत्व पंक्तिमा ।

गाउँको तुलनामा सहर का जनता अलि धेरै सुसूचित र चेतनशील छन।कुन नेताले के गरिरहेको छ त्यो प्रष्ट रूपमा थाहा पाउछन् ।नेताले गलत कार्य गर्दै गर्दा खबरदारी गर्छन् नेतालाई भ्रष्ट कार्य गर्न बाट बन्चित गराउछन।

Gorkha

तर गाउँमा त्यो अवस्था छैन ,जनता राजनीतिक चेतनामा अलि पछाडी छन।भ्रष्ट र दलाल नेतालाई पनि उसले झुटो आश्वासन देखायो भने विश्वास गर्ने सिस्टम छ।

अर्बौं को रकममा लाख को काम गरेर आर्थिक घोटाला गरेपनि त्यहीँ भ्रष्ट नेतालाई विश्वास गर्ने चलन छ।जनतालाई त्यो भ्रष्ट कार्यको बारेमा थाहा नै हुँदैन ।

जो अलिकति टाठोबाठो छ पढेलेखेको छ उसलाई त्यो भ्रष्ट नेताले हजारमा किनेको हुन्छ चेतनशील भनिएका मान्छे पनि कौडि कोभाउमा बिकेका हुन्छन् ।

गाउँमा राजनीति गर्ने नेताको चरीत्र पनि ठिक भएको देखिदैन ।त्यही नेता त्यही ठेकदार त्यही समाजसेवी त्यही बुद्धिजीवी भएर प्रस्तुत भएको पाइन्छ।

कुनै नेताहरु ब्यभिचारी पनि हुन्छन् ।थुप्रै बालिका, महिला दिदिबहिनीहरु लाई यौन शोषण गरिराखेका छन गाउँघरमा ।

घरमा तीनचार वटा श्रीमति हुदाहुदै पनि अर्का कि छोरी ,बुहारी र श्रीमति माथी यौनपिपासु अहिलेका नेताहरुले बक्र दृष्टि लगाइरहेका हुन्छन् ।

यस्ता थुप्रै उदाहरणहरु तल्लो तहका नेताकार्यकर्ता देखि उच्च ओहोदा मा भएका नेताहरु मा देख्न सकिन्छ।पटकपटक उच्चस्तरीय नेताहरुका यस्ता हर्कत हरु हामीले संचार माध्यम मार्फत सुनिरहेका हुन्छौ।

अहिलेका नेताहरु यस्तरी बिग्रनुको मुख्य कारण संकिण र नकारात्मक सोचाइ नै हो।विशेषगरि महिला दिदिबहिनीहरु पनि यस्ता घृणित र लज्जास्पद ब्यवहार र बिचार भएका दलाल नेताहरु बाट सचेत रहन जरुरी छ।

कुरा नेताहरुको मात्रै होइन शिक्षाको ज्वती फैलाउने शिक्षकमा पनि खराब चिन्तन र ब्यवहार भएको पाइन्छ।

फलानो शिक्षक मार्फत बालिका यौन शोषण मा परेको कुरा केही प्रतिनिधिमुलक घटनाहरु हामीले सुन्न पाउछौ।यस्ता केही घटनाहरु मात्रै बाहिर आउछन् ।अरु खोज्दै जाने हो भने थुप्रै विद्यार्थी बालिकाहरु यौन शोषणमा परेको घटना हामिले पाउन सक्छौं ।

अहिलेको संसदीय ब्यवस्था खरिदबिक्री मै बढी केन्द्रीत हुन्छ।यसको लागि अर्बौं पैसाको आवश्यकता पर्छ। त्यो पैसा कसरी कमाउने ?दुई नम्बरी धन्दा नगरी कमाउन सकिदैन अनि चुनाव जित्न का लागि भोट किन्नु पर्यो।

त्यो पैसा तिनै जनतालाई ठगेर त्यो दलाल नेताले जम्मा गरेको हुन्छ र चुनाव पनि उसैले जित्छ।चुनावमा खर्च गरेको पैसा जम्मा गर्दागर्दै उसको कार्यकाल सकिन्छ ।

बिचरा जनता हेर्यका हेरै हुन्छन् अनि फेरि चुनाव आउछ फेरि त्यही दलाल नेताले बाजि मार्छ।यसरी यो संसदीय ब्यवस्थाको राजनीति चलिरहन्छ।

असल र इमानदार नेताले जनताको लागि निरन्तर पहल गरिरहेको हुन्छ तर त्यसको पुरै फाइदा जनतालाई छक्काएर त्यही दलाल नेताले लिन्छ र जनताको मन जित्न सफल हुन्छ।

माथी काम गर्ने अर्कै इमानदार नेता हुन्छ तर तलको नेताले त्यो सबै काम आफैले गरेको भ्रम छरिरहेको हुन्छ। अहिलेको राजनीति यहि झुट र भ्रममा चलिरहेको छ।

यसलाई असल र कुशल नेतृत्वले चिर्न सक्नुपर्छ अनि मात्रै सम्भव छ समृद्ध र विकसित नेपाल निर्माण गर्न।

प्रेस संगठन कर्णाली प्रदेश सदस्य,
किसोर सुवेदी ,

salyan