एमाले-माओवादी एकता , ‘सूर्य’ चिह्नमा समझदारी,,
वैशाख ४ , काठमाडौं – एमाले माओवादी एकता संयोजन को आज बसेको बैठकले यौटा काममा टुंगो लगायको छ। एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको एमालेका महासचिव एवं संयोजन समितिका सदस्य र्ईश्वर पोखरेलले जानकारी दिए। । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठक बाँकी मिल्ने विषयलाई टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मेवारी दिइएको छ निर्वाचन चिह्नको विषयमा कुनै विवाद नभएको नेताहरुले बताएका छन्।
पार्टीमा आ आफ्ना चुनाब चिन्नका प्रस्ताब राखेको कुरा यो भन्दा पहिले बाहिर आयको थियो तर आज बसेको एकता संयोजन को बैठकले कुनै विवाद नभयर यसको निस्कर्ष भयको जानकारी गरायको छ । बाँकी मिल्न पर्ने सबै विषय को जिम्मा दुई पार्टीका अध्यक्षले मिलाउने जिम्मा दियको छ ।
महासचिव पोखरेलका अनुसार ‘हामीबीच एकताका लागि ठूलो विवाद छैन, निर्वाचन चिह्न त विवादको विषय नै होइन, मिलिसक्यो। अन्य केही -केही विषयलाई फाइनल टच दिने काम दुई अध्यक्षले गर्नुहुनेछ, र अर्को संयोजन समितिको बैठकले निर्णय गर्नेछ।’
दुई दलबीचका वैचारिक र अन्तरिम विधान मस्यौदा कार्यदलले एकता घोषणाको मिति, निर्वाचन चिह्न, सांगठनिक अनुपात, जनयुद्धको विश्लेषणजस्ता विषयमा निर्णय गर्न बाँकी राखेर संयोजन समितिलाई गत चैत तेस्रो साता प्रतिवेदन बुझाएको थियो। प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको गत चैत २३–२५ को भारत भ्रमणका कारण प्रतिवेदनमाथिको छलफलमा ढिलाइ भएकामा आज बसेको बैठकमा गम्भीर छलफल भएको दुवै दलका नेताले प्रतिक्रिया दिए।