surkhet

गुर्भाकोट ६ का किसानलाई बाँझो जग्गा खालि नराख्न भन्दै बोट ,विरुवा वितरण ,

surkhet

असार १९ ,सुर्खेत – किसानलाई बाँझो जग्गा खालि नराख्न गुर्भाकोट नगरपालिकाले अनुरोध गरेको छ।

कृषिमाम खाद्य सुरक्षाका लागि विशेष उत्पादन कार्यक्रम अन्तर्गत गुर्भाको ६ मा भोलि बिहान ९ बजे कृषकलाई बाँझो बारीको लागि विभिन्न प्रजातिका बोट विरुवा वितरण गरिने स्थानीय सिक्षक भिम प्रकाश शर्माले बताए।

गुर्भाकोट ६ मा किसानको बाँझो जग्गामा ,ऐलानी ,भिर पाखा ,बर्खामासमा पहिरो जाने जस्ता स्थानमा वोट विरुवा रोप्न किसानलाई आग्रह गरिएको हो।

Dailekh
Gorkha

किसानलाई आँप, लिची, कागती , टिमुर र डाले घाँस जस्ता विरुवा लैजान अनुरोध गरिएको छ ।

विरुवा वितरणमा यस अघि नाम दर्ता गराउन छुटेका वा बाँझो जग्गा हुने सबै किसानलाई उपलब्ध गराइने ओलीले जानकारी दिए।

बिरुवा रोपण कार्यका लागि बिरुवा बितरण कार्यक्रम बडाखोली स्थित इमि प्रगतिशील बहुउद्देश्यीय जडिबुटी तथा कृषि उत्पादक सहकारी संस्था लिमिटेडले संचालनमा ल्याएको छ।

कर्णाली प्रदेश सरकारको पचास प्रतिशत ,गुर्भाकोट नगरपालिकाको ३० र कृषक/समूह /सहकारीको लगानीमा २० प्रतिशत गरि अभियानमुलक सुरक्षाका लागि विशेष उत्पादन कार्यक्रम नगरपालिकाले संचालमा ल्याईएको हो। जुन कार्यक्रमले कृषक खुसि छन्।

salyan