रुकुम पश्चिम चौहरजारिमा अर्को डरलाग्दो घटना मकैबारीमा शव गाडीएको अवस्थामा फेला ,

साउन ८ ,रुकुम पश्चिम – रुकुम पश्चिममा चौरहजारी नगरपालिका ९ गुर्ताल निवासी ४५ वर्षीय हरिबहादुर मल्लको शव मकैबारीमा गाडीएको अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीका अनुसार उनक टाउको अलग शरीर अलग भएको अवस्थामा मकै बारीमा गाडेको अवस्थामा फेला परेको हो।

प्रहरीले उक्त शव निकालेर पोस्टमापनको लागि जिल्ला अस्पताल चौरजहारी पठाएको छ ।

घटनामा अनुसन्धानका लागि मल्लका सहोदर भाइ ३५ वर्षीय भूपेन्द्र मल्ललाई नियन्त्रणमा लिईएको डिएसपी केसीले बताए।

भूपेन्द्र जाजरकोटस्थित आफन्तको घरमा रहेकोबेला बुधबार राति प्रहरीले नियन्त्रणमा लिइएको हो ।

घरमा हरिबहादुर र भूपेन्द्र मल्ल मात्र बस्ने गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ।

हरिबहादुर विवाहित हुन् उनको श्रीमती संग राम्रो सम्बन्ध नभएपछि १६ वर्ष अगाडिदेखि सल्यानस्थित माइती घरमा बस्दै आएकि छिन।

,भाई भूपेन्द्र अविवाहित हुन् ,तेस्तै उनकी आमा ७० वर्षकी छिन भने छोरीको घरमा बस्दै आईरहेकी छैन।

प्रहरीको अनुसन्धानमा साउन ४ गते राति तिर हरिबहादुरको हत्या गरि घटना लुकाउन मकैबारीमा शव लुकाएको हुन्सक्ने अनुमान छ ,घटनाको थप अनुसन्धान भईरहेको ठगबहादुर केसीले जानकारी दिए।