Gold

सितापाईलामा युवतीलाई एसीड हान्ने दुई युवक केहि घण्टामै पक्राउ ,

Naumule Migrate

साउन ९ ,काठमान्डौ – हिजो राति करिब पौने ९ बजे सितापाईलामा ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने दुई युवक पक्राउ परेका छन्।

उनीहरुलाई प्रहरीले केहि घन्टामै डल्लुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् ।

आलम र ति युवती काठमान्डौको एक क्यासिनोमा काम गर्दा चिनजान थियो। चिनजानकै भरमा आलमले युवतीलाई मन पराउथे तर युवतीले आफ्नो दाई सम्मानको ब्याक्ति भएको जवाफ दिने गर्थिन।

एसीड हान्दा सिसिटिभीमा देखिएको दृश्य ,

आलमले आफ्नो र मुन्नाको मोबाईल प्रयोग गरि घटना हुनुभन्दा केही घण्टा अघिबाट युवतीको मोबाइलमा ३७ पटक मिसकल हानेको प्रहरीले बताएको छ ।

आलमको डल्लुमा कवाडी पसल छ ,उनको पसलमा काम गर्ने मुन्नालाई प्रयोग गरेर उनले एसीड प्रहार गर्न लगाएका थिए।

मुन्नाले बाफलको रोडमा रहेको मकैबारीमा लुकेर बसेर युवतीलाई एसीड हाने का थिए उनले साहुले आफुलाई हान भनेपछि हानेको बयानमा दिएका छन् ।

एसीड हान्दा आफुले एक हजार पाएको मुन्नाले बताए।

एसीड प्रहार गरि भारत भाग्ने योजना गराएका उनीहरुलाई प्रहरीले सिसिटिभी फोटेजको आधारमा पक्राउ गरेको हो।

एसीड पिडित युवती किर्तिपुर अस्पतालमा छिन ,उनको निधार र गालामा एसीडले जलेको छ।

पक्राउ परेका दुवैलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूमा राखिएको महाशाखा र परिसरको संयुक्त टोलीले बताएको छ।

Naumule Badhipahiro