मृतकको सम्झनामा युवाहरुले बाँसै बाँसबाट यति सुन्दर प्रतिक्षालय निर्माण गरे ,

साउन १९ ,काठमान्डौ – मानिसले आफ्ना घरका परिवार होस् वा कुनै समाजसेवीको सम्झनामा शालिक वा कुनै वस्तु निर्माण गर्ने गर्दछ।
कतिपयले आफ्ना मृतकका सम्झनामा डोनेशन दिने गर्दछन ,भने कसैले रुख विरुवा लगाउने ,वा ढुंगामा मुर्ति कोर्ने ,वा कुनै वृद्द आश्रम ,टुहुरालाई सहयोग गर्ने गर्दछन।

यधपी आफन्त जनको सम्झनामा यो गर्ने क्रियाकलाप हो। यस्तै एक ब्याक्तिको सम्झनामा स्थानीय सामाग्री बाँसै बाँसबाट प्रतिक्षालय निर्माण गरिएको छ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-४ खन उपल्लाबडाचौरस्थित स्व. रामबहादुर विश्वकर्माको स्मृतिमा जालकाडा परिवर्तनशील युवा सञ्जालले उक्त प्रतिक्षालय निर्माण सम्पन्न गरेको छ।
जुन स्थानीय बाँसबाट निर्मित सुन्दर देखिएको छ ,जसमा बाटो हिड्ने बटुवाले आफ्नो थकाई मेटाउने छन्।
