Gold

मदन भण्डारीको हत्या सत्य तथ्य छानबिन हुनुपर्छ माधव नेपाल

Naumule Migrate

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारी हत्याको सत्य तथ्य छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

मदन–आश्रित स्मृति दिवसको अवसरमा शनिबार नेकपा (एस) ले आयोजना गरेको कार्यक्रममा उनले मदन र आश्रितको रहस्यमय ह,त्या भएको बताउँदै त्यसको सत्य तथ्य छानबिन हुनु पर्ने सरकारसँग माग गरेका हुन ।

मदन–आश्रित हत्या प्रकरणका एक मात्र साक्षी ड्राइभरको पनि रहस्यमय तरिकाले हत्या गरिएको बताउँदै उनले त्यसले पनि मदन–आश्रितको मृत्यु दुर्घटनामा नभई हत्या भएको पुष्टि भएको बताए ।

उनले भने, ‘सत्य तथ्य छानबिन गरी अपराधीलाई कानुनी दायरामा ल्याउन सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।

दुवै नेताले कम्युनिस्ट पार्टीलाई उचाइमा पुर्‍याएको धारणा राख्दै अध्यक्ष नेपालले उनीहरूले पार्टीलाई वैचारिक रूपमा अगाडि बढाएको धारणा समेत राखे ।

पार्टीका तत्कालीन महासचिव मदन भण्डारीले आफ्नो राजनीतिक जीवनकालमा नयाँ नयाँ चुनौतीको सामना गर्दै अगाडि बढेको स्मरण गर्दै अहिले आफू पनि त्यस्तै चुनौतीहरूको सामना गर्दै अगाडि बढिरहेको धारणा राखे।

कोही आशावादी हुन्छ, कोही निराशावादी हुन्छ  ‘दुवैसँग जुधेर मदन भण्डारीले माक्र्सवार्दको  नयाँ प्रयोगलाई अगाडि बढाउनुभयो उनले भने।

मदन भण्डारीले जडसुत्रवादमा नअल्झी नयाँ विचारका साथ आन्दोलनलाई अगाडि बढाएको बताउँदै उनले अहिले पनि जनताको बहुदलीय जनवादलाई आत्मसात् गरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको नेपालले बताए ।

भण्डारीको खुबी र क्षमतालाई विश्वले प्रशंसा गरेको बताउँदै उनले भण्डारीलाई ‘नेपालका कार्ल मार्क्स’ समेत भन्ने गरिएको स्मरण गरे

। जननेता भण्डारी र आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा गाडी दुर्घटनामा रहस्यमय मृत्यु भएको थियो ।

 मदन भण्डारीको हत्या हाल सम्म कस्ले गर्यो भन्ने पत्ता लाग्न सकेको छैन। जेठ ३

Naumule Badhipahiro