काभ्रेको क्वारेन्टिनमा २१ वर्षीय युवतीले गरिन् आत्महत्या,
साउन २३ ,काठमान्डौ – काभ्रेको एक क्वारेन्टिनमा बसेकी युवतीले आत्महत्या गरेकी छिन।
बेथानचोक गाउँपालिका २ स्थित गेलिङ बजारमा रहेको क्वारेन्टिनमा बसेकी युवतीले आत्महत्या गरेकी हुन् ।
२१ वर्षीय युवती दुबईबाट आएर एक हप्ता अगाडिबाट क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।
उनले क्वारेन्टिन स्थलको कोठाभित्र झुण्डिएर शुक्रबार दिउँसो आत्महत्या गरेको काभ्रेका एसपी रवीराज पौडेलले जानकारी दिए।‘
वडा नम्बर ४ घर भएकी युवती दुबईबाट आएपछि स्वास्थ्य चौकीको छुट्टै भवनमा रहेको क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।
गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमिल्सिनाले उनको बसाइ, स्वास्थ्य अवस्था र खानपिनको बारेमा आजै जानकारी लिएका थिए।
तिमिल्सिनाका अनुसार उनले बसाई र खानपिनमा कुनैपनि गुनासो गरेकी थिइनन्। गाँउपालिकाको बैठक सकेर उठ्ने बेला सम्म भने उनले कोठामा आत्महत्या गरेकी थिइन्।
मृतकका आफन्त र स्थानीयका अनुसार भने क्वारेन्टिन व्यवस्थापनमा लापरबाही भएका कारण उनले आत्महत्या गर्न बाध्य भएको भन्दै स्वास्थ्य कार्यालयमा तोडफोड गरेका थिए।
घटनास्थलमा सुरक्षा पुगेर स्थितिलाई नियन्त्रणमा लिने काम भईरहेको पौडेलले जानकारी दिए।
युवतीको शव पोष्मार्टमका लागि धुलिखेल अस्पताल ल्याउने तयारी भइरहेको छ भने कोरोना परिक्षणको लागि स्वाब संकलन गरिने एसपि पौडेलले बताए।