नेकपा कार्यदलले बुझाएको प्रतिवेदन बुझ्दै अध्यक्षद्वय ओली प्रचण्ड ,
भदौ ६ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न बनेको गठित ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई बुझाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
कार्यदलले एक साता लगाएर तयार पारेको प्रतिवेदन शनिबार झन्डै ८ घण्टाजति बसेर अन्तिमरुप दिएको प्रतिवेदन ओली प्रचण्डले बुझेका हुन्।
साउन ३० गते गठित कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।
प्रतिवेदनमा गरिएको कार्यविभाजन अनुसार केपी ओलीले पुरै ५ वर्ष सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने उल्लेख छ ।