पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृ,त्यु,

भदौ १६ ,काठमान्डौ – पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृ,त्यु भएको छ। ७० वर्षीय चालिसे पाँच दिनअघि काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए ।

उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । चालिसे लामो समयदेखि मुटुरोगको समस्याले ग्रसित थिए।
चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए ।उनि काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी हुन्।
