सर्प पाल्न नेकपा नेता झलनाथ खनाललाई ७२ करोड रकम उपलब्ध ,

भदौ १६ ,काठमान्डौ – नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सर्प पाल्न ७२ करोड रकम विनियोजन गरिने भएको छ।

सर्लाहीको लालबन्दीमा रहेको साढे ८ बिघा जमिनमा सर्प पालेर सर्पको विष उत्पादन गरिने भएको हो। सर्पको विष पहिले भारतमा सप्लाई हुने छ भने पछि स्वदेशको ल्याबमा गर्ने प्रत्स्थानले योजना बनाएको हो।

सर्प एवं एन्टी स्नेक भेनम उत्पादनका लागि संघिय सरकार ,प्रदेश २ सरकार र लालबन्दी नगरपालिकासंग प्रतिष्ठानले ७२ करोड रुपैयाँको परियोजनामा हस्ताक्षर गरिसकेको प्रतिस्ठानका अध्यक्ष रेवती पन्तले जानकारी दिएका छन्।

सर्लाहीको लालबन्दी नगरपालिका,१ मा संस्थाले साढे ८ विघा जग्गा खरीद गरेर उक्त जमिनमा विषालु सर्प पाल्ने तयारी अगाडि बढाएको हो ।

सम्झौताबमोजिम ‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि जग्गा खरिद गरी असोज महिना सम्म भवन बनाउन लागिएको पन्तले जानकारी दिए ।

सर्प पाल्नेकै लागि भनेर प्रतिकठ्ठा साढे ३ लाख रुपैयाँका दरले टेण्डरमार्फत जग्गा खरिद गरिएको हो प्रतिष्ठानले किनेको यो जग्गामा तीनै तहका सरकारको लगानी रहेको पन्तले बताए।

अबको दुई वर्षभित्र भवन निर्माण भई सर्प पालेर विष उत्पादन गरिने छ ,तराईमा विषालु सर्पले टोकेर प्रतेक वर्ष मानिसले ज्यान गुमाने गरेका छन् ,सर्पले टेकेका बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बन्ने गर्दछ ।

हाल सम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पले डसेका बिरामीको उपचारमा भारतसँग निर्भर हुनु परिरहेको छ ।

यद्यपि स्वास्थ्य मन्त्रालयले लाखौं रुपैयाँ खर्च गरेर गरेको एक अध्ययनमा नेपालमा ‘एन्टी स्नेक भेनम’ बनाउन नसकिने निकर्ष निकालेको पनि नेकपा सर्लाहीका नेता पन्तले सुनाए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल २०७० सालमा इलाम र सर्लाही दुई ठाउँबाट संविधानसभाको चुनाव लडेका थिए तर उनि पराजित हुने परेको थियो ।

सर्लाजिको चुनाव प्रचार भईरहेको बेला उनलाई कासिले सर्पले टोकेर मृत्यु भएको सुनाएको थियो। उक्त घटनालाई नियान्दै खनालले नेपालमानै सर्प पालन गर्ने र ‘एन्डी स्नेक भेनम उत्पादन गरी सर्पले तोकेका बिरामीको उपचार गर्नसकिने बताए।

उनको त्यो घटना र सोचले २०७१ सालमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’को स्थापना भयो ।अहिले नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले यो प्रतिष्ठान हाँकिरहेका छन् ।

मृतक भईसकेका एमालेका नेताका नाममा प्रतिस्ठान बनाउने होडबाजी चल्छ तर अहिले भने नेकपाका नेता खानल आफु जिउँदो हुँदानै आफ्नै नाममा प्रतिष्ठान बनाएर सर्पदंश उपचारको प्रोजेक्ट अघि बढाएका छन् ।

विदेशमापनि जीवित नेताका नाममा यसरी प्रतिष्ठानहरु बनाउने चलन विदेशमा रहेछ,’ खनालले पनि तेही गरे झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष पन्तले भने।