सुर्खेत सिम्तामा नेपालि कांग्रेसबाट निर्वाचित वडासदस्य सहित १०३ जना नेकपामा प्रवेश ,

भदौ १६ ,सुर्खेत – कर्णाली प्रदेश सुर्खेतको सिम्ता गाउँपालिका वडान. ६ मा नेपाली कांग्रेसका १०३ जनाले नेपाल कम्युनिस्ट पार्टी (नेकपामा) सोमबार प्रवेश गरेका छन्।

प्रवेश गर्नेमा नेपालि कांग्रेसबाट निर्वाचित वडासदस्य आईति लुहारसहित एक सय तिन जना रहेका छन्।

सिम्ता गाउँ कमिटीको वडा नम्वर ६ मा भएको नेकपाको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा संघिय सांसद माननीय धुर्व कुमार शाही र प्रदेश सांसद ठम्मर विष्टले नँवप्रवेशीलाई स्वागत गरेका हुन।

पार्टी प्रवेश गर्नेहरुले नेपाली कांग्रेसले जनताका आधारभूत आवस्यकतालाइ समेत ध्यान नदिने र पुरा गर्न नसक्ने समेत बताए। नेपाली कांग्रेससंग नेपालि नागरिक समेत रुष्ट भएको उनीहरुले प्रवेश कार्यक्रममा धारणा राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि धुर्व शाहीले देशमा नेकपा सरकारको जो कोहिले गलत प्रचार प्रसार गरेपनि नागरिकलाई विकास र निकास दिने नेकपा रहेको बताए।

कार्यक्रमका विशेष अतिथि ठम्मर विष्टले ईतिहासमा नेकपाको दुई तिहाईसरकारले देशको नेतृत्व गरिरहेको र स्थानीयमा विकासका योजनाका लहर ल्याएको जानकारी गरे।

कसैले गलत अफवाह फैलाएपनि नाझुकिना समेत उनले आग्रह गरे। कार्यक्रममा गाँउपालिका अध्यक्ष कविन्द्र कुमार केसी ,सचिव झुववहादुर वुढा,जिल्ला कमिटी सदस्य नेत्र महताराले आ आफ्नो धारणा राखेका थिए।

लिसि डाँडाबाट वडा सदस्य आइती लुहारको टिममा १२ जना ,गजौड टोलबाट ईख टमाटाको नेतृत्वमा ६४ जना, वडान ६ को ठिग्नि टोलबाट ईश्वर वुढाको नेतृत्वमा १५ जना, र काप्रीचौरबाट प्रेम विकको नेतृत्वमा १२ गरि १ सय ३ जनाले नेकपा पार्टी सदस्यता लिएको सचिव झुव वहादुर वुढाले जानकारी दिए ।

कार्यक्रम वडा कमिटी अध्यक्ष ललित सिंहको अध्यक्षतामा भएको थियो कार्यक्रमलाई सचिव मोतिराम विकले सञ्चालन गरेका थिए ।