Gold

डिजेल बोकेको ट्याङ्कर थानकोटमा पल्टियो,

Naumule Migrate

भदौ २१ ,काठमान्डौ – काठमाडौंको चन्द्रागिरि नगरपालिका,३ स्थित थानकोटमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ।आइतबार बिहान करिब ९ बजे ना ७ ख ७३९ नम्बरको ट्याङ्कर पल्टिएको हो।

रक्सौलबाट थानकोटको डिपोमा अनलोड गर्न ल्याइएको ट्याङ्कर दुर्घटना भएको हो। बाटो काटीरहेका एक व्यक्तिलाई बचाउन खोज्दा अनियन्त्रित भई ट्याङ्कर पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका सचिव वादल लामाले बताए।

ट्याङ्कर चालक सुरेश विक सकुसल छन् बहने कुनै मानवीय क्षति भएको छैन दुर्घटना हुँदा चार हजार लिटर डिजेल पोखिएको छ।

Naumule Badhipahiro