Gold

बनगाड कुपिण्डे नगरपालिका ३ का झुपलाल बुढालाई सक्दो सहयोगको अपेक्षा गरिदिन आग्रह ,

Naumule Migrate

भदौ २१ ,काठमान्डौ – सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ पटके गाँउका १७ वर्षका झुपलाल बुढा किर्तिपुर अस्पतालमा छटपटी रहेका छन्।

उनलाई अस्पतालमा भर्ना गरिएको चारदिन भएपनि उपचार अगाडी नबढेको झुपलालका कान्छा वुवा गणेश बुढाले रंग दर्पणलाई जानकारी गरे।

केहि महिना अगाडी घरनजिकै घाँस काट्न गएको बेला लडेर झुपलालको हात खुट्टा र ढाड भाँचीएको छ। अहिले उनको शरीरका विभिन्न भागमा घाउ आएको समेत गणेशले बताए।

किर्तिपुर छाला अस्पतालको बेडन ३१६ नम्बरमा उपचारको पर्खाईमा रहेका झुपलालको घाउमा छाला भर्नुपर्न डाक्टरले सल्हा दिएका छन्।

केहि हप्ता अगाडी नेपालगंजको नर्सिङ्ग होममा उपचार गरेर घर लगिएका झुपलालको शरीरभरि ठुला ठुला घाउहरु आउने र पाक्ने गरेका छन् ,।

सल्यानबाट काठमान्डौ सम्म आउनलाई र आर्थिक भौतिक रुपमा सल्यानको त्रिवेणी सारदा नगरपालिकाका मेयरहरु ,सल्यान युथ संघले झन्डै ९ लाख सहयोग गरेको गणेश बुढाले बताए।

आफ्नै नगरपालिकामा सहयोगको अपेक्षा राखेपनि वनगाड कुपिण्डे नगरपालिकाले भने कुनै सहयोग नगरेको गणेश बुढाले गुनासो पोखे।

उपचारमा के कति खर्च लाग्ने भन्ने डाक्टरले अझै नभनेको र आर्थिक अवस्था दयनिय भएको हुनाले सबैली सक्दो सहयोग गरि आफुलाई बचाईदिन झुपलाले आग्रह गरेका छन्।
सहयोगको लागि ,

बिरामीका कान्छा वुवा ,गणेश बुढा ,9842797551,

 

 

Naumule Badhipahiro