रुकुम चौरजहारी

यस्तो छ मोदी बोल्ने मञ्चमात्र १ करोड २६ लाखमा निर्माण ,,

रुकुम आठ विसकोट

वैशाख २५ – जनकपुरधाम – प्रधानमन्त्री मोदी नेपाल आउने तयारी हुँदै गर्दा नेपालमा पनि सुरक्षया काडा पारीयको छ

मोदी यहि २८ गते नेपालको राजकीय भ्रमण आउदैछन ,२८ र २९ गते दुई दिनको लागि आउदै गरेका मिदिको स्वागतको लागि जनकपुरमा कार्य हरु तिब्र पारीयको छ

मोदी पटना बाट हेलिकोप्टर हुँदै सिधा नेपालको जनकपुरमा आउने छन् , उनको लागि भनेर जनकपुरको बारहविघा मैदानमा हुने नागरिक अभिनन्दनका लागि मञ्च निर्माणको कार्यलाई तिव्रता दिइएको छ, उक्त निर्माणाधीन मञ्च १ करोड २६ लाखमा निर्माण हुँदै छ

उक्त मञ्च ५० हजार भन्दा बढी सर्वसाधारण अटाउने गरि आधुनिक मञ्चको निर्माणको काम भइरहेको छ। बारहविघा मैदानमा भइरहेको मञ्च निर्माण तथा अन्य व्यवस्थापनको कार्य नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको विशेष सुरक्षा घेरामा भइरहेको छ।

बारहविघा मैदानको प्रवेशद्वारमै प्रहरीको टोली छ भने चारैतिर सुरक्षाका लागि २४ सै घण्टा सुरक्षाकर्मी उभिएका हुन्छन्। मैदान भित्र सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ।

तस्बिर खिच्न प्रहरी उच्च अधिकारीबाट स्वीकृत लिएर मात्र मैदानमा प्रवेश दिइएको छ। सुरक्षा संवेदनशीलतालाई हेर्दै सर्वसाधारणको प्रवेशमा रोक लगाउनु परेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहको भनाइ छ।

यता, भारतीय प्रधानमन्त्रीको आगमनलाई दृष्टिगत गरी उनी हिड्न रुट बारहविघा, रामानन्द चोक, जानकी मन्दिर क्षेत्रका आवासीय भवनमा समेत प्रहरीले निगरानी बढाएको छ।

सुरक्षाकर्मीले घरघरमा गएर घरमा के कति सदस्य छन् र थप कोही पाहुना आउने हुन् वा होइनन् भन्ने विषयमा जानकारी संकलन गर्न थालेको छ। कोही नयाँ व्यक्ति घरमा आएको खण्डमा प्रहरीमा जानकारी गराउन समेत सुरक्षाकर्मीले आग्रह गर्दै आएका छन्।

सँगै मोदीको भ्रमणका लागि नगरक्षेत्रमा पनि विशेष सुरक्षा बन्दोबस्त मिलाइएको छ।

मुरली चोक, विश्वकर्मा चोक, भ्रमरपुरा चोक, रामानन्द चोकदेखि बारहविघा र जानकी मन्दिरसम्म व्यापक मात्रमा प्रहरी परिचालन गरिएको छ। भारतीय सुरक्षाकर्मी र सुरक्षा एजेन्सीका कर्मचारी जनकपुरमा परिचालित भएका छन्।

मोदीको यो नेपालको तेस्रो भ्रमण हो। , प्रधानमन्त्री ओलीको भारत भ्रमणले मोदीलाई नेपालमा निमन्त्रणा गरेको थियो ।, जनकपुर लगायत काठमान्डौमा पनि मोदी भ्रमणलाई हेरेर सुरक्षया जाँच कडा गरियको छ ,।

११ हजार भन्दा बढी नेपाल प्रहरी , ससस्त्र प्रहरी , अनुसन्धान प्रहरी, नेपालि सेना परिचालन गरियको छ ।

साथै उनको लागि भारत बाट बुलेट प्रुफ गाडी समेत ल्याईयको छ। ,