Gold

चीनको अलिबाबा सेवा नेपालम विस्तार हुने ,,

Naumule Migrate

वैशाख,२५ काठमाडौं – चीनको ठूलो अनलाइन व्यापार कम्पनी अलिबाबाको सेवा नेपालमा पनि विस्तार हुने भएको छ ।

अलिबाबाले रकेट इन्टरनेटले सञ्चालन गरेको दराज ग्रुपको सबै सेयर किनेपछि दराज मार्फत अलिबाबाले नेपालसहित दक्षिण एसियाली देशहरुमा सेवा दिन लागेको हो ।

सन् २०१२ मा स्थापना भएको दराज ग्रुपले पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ । यी देशमा अलिबाबाले दराजकै ब्राण्डमा यी देशहरुमा आफ्नो सेवा विस्तार गर्नेछ ।

‘प्रविधि, अनलाइन व्यापार, मोवाइल पेमेन्टलगायतका क्षेत्रमा अलिबाबाको नेतृत्व र अनुभव उपयोग गर्न दराज सक्षम छ’ रकेटले भनेको छ । यो सम्झौतापछि दक्षिण एसियाको ४६ करोड मानिसहरु लाभान्वित हुने रकेटले जनाएको छ ।

अलिबाबाका सीईओ ड्यानियल झाङले दराजको प्राप्तिले उद्यमशीलता विकास गर्नुका साथै दक्षिण एसियाली क्षेत्रका उपभोक्तालाई राम्रो सेवा दिने बताएका छन् ।

यो सेवा नेपालमा पनि सुरु गरे धेरै ब्याक्ति लाभाम्न्वित हुनसक्ने अध्यनले जनायो छ ।

Naumule Badhipahiro