पाँच वर्षसम्म बनेन पुल ,काठेपुलको यात्रा ट्याक्टर चडदा भाँचियो ,

भदौ २८ ,काठमान्डौ – जाजरकोट- डोल्पा सडकखण्डको ठुलीभेरी नगरपालिका वडान ८ मा पर्ने रूपगाड खोलामा काठेपुलमाथि ट्याक्टर डिब्बा भासिएपछि आवतजावत बन्द भएको छ।
सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामाग्रीहरु बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्रयाक्टरको भार थाम्न नसकेर काठे पुल भाँचिएको हो । ट्याक्टर पुलको बीच भागमा पुगेकोबेला पुल भाँचिएको स्थानीय बिर्खबहादुर रोकायले जानकारी दिए ।
पुल भाँचीएपछि अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामि,सर्वसाधारणहरु लाई पनि १३ किमि सडकमा दुईवटा गाडी परिवर्तन गर्नुपर्ने भएको स्थानिय बताउछन ।
तत्कालिन जिल्ला बिकास समितिको ३ करोडको लागतमा जिल्ला प्राबिधिक कार्यालयले रेखदेख गर्ने २०७३ सालमा पक्की मोटरेवल पुलको निर्माण शुरु गरिएपनि अझै निर्माण हुन्सकेको छैन ।
०७३ सालमा टेण्डरमार्फत मित्र संजीवनी कन्ट्रक्सन प्रालीका प्रोप्राइटर गौरी उप्रेतीले एक वर्ष भित्रमा पुलको निमार्ण कार्य पुरा गर्ने गरि कामको जिम्मेवारी डोल्पाकै हिम बुढालाई दिईएको बताईअको छ ।
पुल निमार्णको जिम्मेवारी पाएको मित्र संजीवनी कन्ट्रक्सन प्रालीका प्रोप्राइटर गौरी उप्रेतीका डोल्पा प्रतिनिधि हिमबहादुर बुढाले आफुहरुले काम गरेको रकम समेत हालसम्म नपाएकाका कारण पुल निर्माण हुन नसकेको बताए ।
निमार्ण ब्यवसायी हिमबहादुर बुढाले पेश्की स्वरुप लगेको रकमले स्थानीय ढुँगा गिटी बालुवा संकलन तथा पुलको दुबै तर्फको पिलर र खाल्डा खन्ने काममा ठिक्क भएको बताए ।
तत्कालिन जिबिसबाट पुल निर्माण शिर्षकमा २ करोड ७० लाख भन्दा बढी रकम भुत्तानी लिइसकेको स्रोतको दावी छ ।
पुल निमार्णकार्य सम्पन्न गरि सक्नुपर्ने समयवधी ०७४ चैत्रमा सकिसक्नु पर्ने भएता पनि तीन पटकसम्म म्याद थपगर्दा समेत निर्माणकार्य सम्पन्न हुन सकेको छैन ।
समयमै पुलको निर्माण कार्य पुरा नहुँदा सदरमुकाम जाने सवारी साधान जोखिम मोलेर काठे पुलबाट ओहोरदोहोर गर्ने गरेका छन्।
तस्विर महेन्द्र सिंह ,
