कोरोना अनुगमन सुचना बिभागको संयोजकमा यादव चयन,

असोज ४ ,नवलपरासी पश्चिम – काङ्ग्रेस सह–महामन्त्री एवं नेपाली काङ्ग्रेसको कोभिड–१९ अनुगमन समितिका संयोजक प्रकाश शरण महतका अनुसार देश भित्र कोभिड १९ ले पारेको असरको सम्बन्धमा कोरोना सूचना संयोजक तोक्ने कार्यलाई अगाडी बढाईएको छ।
कोभिड–१९ अनुगमन समितिलाई नियमित रुपमा सूचना र जानकारी दिन तथा कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको भुमिका थप सशक्त बनाउन नवलपरासी सहित देशका सबै जिल्लामाहरुमा कोभिड–१९ संक्रमण सूचना संयोजक तोक्ने क्रम जारि छ।
सोहि क्रममा पश्चिम् नवलपरासीमा नेपाली काङ्ग्रेसका युवा नेता तथा समाजसेवी प्रतापपुर गाउँपालिकाका अनोज यादव लाई कोरोना अनुगमन सुचना बिभागको संयोजकमा मनोनीत गरेको छ ।


सूचना संयोजकले जिल्लामा कोभिड–१९ संक्रमणको स्थिति परिक्षणको अवस्थामा ,कोरोना संक्रमितको लागि अस्पतालको स्थिति स्वास्थ्य सामाग्री र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्था, आईसोलेसन र क्वारेन्टाइनको सुविधा र मापदण्ड , विभिन्न समयमा भएका तथा हुन सक्ने लकडाउन र निषेधाज्ञाले पारेको र पार्न सक्ने आर्थिक तथा सामाजिक अवस्थाको मूल्याकंन र सुचना केन्द्रलाई जानकारी गराउने साथै सरकारले चालेका कदमहरुको प्रभावकारी कार्यन्वयनका पक्षहरूलाई अध्यन गर्ने जस्ता कार्यहरु गर्नेछन ।
सामाजिक अभियन्ता समेत रहेका यादब कोरना नियन्त्रण तथा रोकथामका लागी आफू मात्र नभई पुरै जिल्ला समेट्ने गरि रातदिन लागि परेका थिए ।केन्द्रले आफुलाइ विश्वास गरेर वर्तमान अबस्थामा महत्वपुर्ण जिम्मेवारी दिएकोमा अझ सशक्त भएर लाग्ने कुरामा आफू गम्भीर भएको र आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
रविन्द्र यादव नवलपरासी पश्चिम ,
