सुर्खेतमा कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु,

असोज १५ ,काठमान्डौ – नेपालमा कोरोना भाइरस संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु भएको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षीय चिफ कन्सल्टन्ट अर्थोपेडिक सर्जन डा. हरी सापकोटाको कोरोनाबाट मृत्यु भएको हो।
२ साताअघि संक्रमण पुष्टि भएका उनलाई सास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा ल्याइएको थियो ।


बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो।
उनको दिउँसो ३ बजेतिर मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिए ।यो संगै सुर्खेतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।
आज मात्र कर्णाली प्रदेशका विभिन्न स्थानमा ५४ जना कोरोना संक्रमित थपिएका छन्। हाल कर्णाली प्रदेशमा २९६८ डिस्चार्ज भईसकेका छन्। आइसीयुमा १५ जनाको उपचार भईरहेको छ।
कर्णालीमा संथागत आईसोलेसनमा ३३६ ,र होम आईसोलेसनमा २६५ जना गरि जम्मा ६०१ जनाको उपचार भईरहेको छ।प्रदेशका विभिन्न क्वारिनटिनमा ६६० रहेकोस वस्ति मन्त्रालयले जनाएको हो।
