सरकारी निर्णय मिचेर विद्यालय खोले कडा कारबाही गरिने ,
असोज १५ ,काठमान्डौ – चौतर्फी कोरोना संक्रमण बढिरहेको बेलापनि विभिन्न जिल्लामा आफ्नो खुसि विद्यालय खोल्ने होडबाजी चरिरहेकोबेला यस्ता कार्य तत्काल बन्द गर्न सरकारले आग्रह गरेको छ।
मन्त्रिपरिषद्को निर्णय विपरीत आफू खुशी विद्यालय सञ्चालन गर्ने गरेमा कारबाही गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। तेस्तै जिल्ला प्रशाशन काठमान्डौले सम्पूर्ण स्थानीय तहलाई पत्राचार समेत गरेको छ।
अहिले नेपालका विभिन्न स्थानमा कोरोना बढ्दो र मृतकको संख्या समेत बढिरहेकोबेला भिड भद् हुने स्थान विद्यालय ,मनोरंजनका क्षेत्र सरकारले बन्द राखेको प्रजिअ दाहालले बताए।
सरकारले बन्देज लगाएका क्षेत्रमा गतिविधि गर्नु गैरकानुनी रहेको र यस्ता गतिविधि कसैले एक्लौटि गर्न खोज्छ भने त्यो कानुनको भागेदारी बन्छ दाहालले बताए ।
तेस्तै उपत्यकामा लागु गरिएको जोर विजोर प्रणालीलाई कडाइकासाथ कार्यान्वय गर्न ट्राफिक प्रहरी महाशाखा र प्रहरीलाई निर्देशन दिइएको दहालले बताए ।