अनेरास्ववियु क्रान्तिकारीमा ज्ञानु खड्काको उपाध्यक्षबाट उम्मेद्बारी

माघ १०

काठमान्डौ – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी को २३ औ रास्ट्रय सम्मेलनबाट केन्द्रिय उपाध्यक्ष पदमा ज्ञानु खड्काको उम्मेदवारी परेको छ ।

ज्ञानु खड्का यो भन्दा पहिले अनेरास्ववियु क्रान्तिकारीको सचिव समेत थिए अहिले उनले केन्द्रको उपाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन ।

लामो समयदेखि बिद्यार्थी राजनीति गर्दै आएका उनि नेकपा माओवादी केन्द्र को सरकार हुदा प्रधानमन्त्री कार्यलयमा स्वकिय सचिवको रुपमा १७ महिना काम गरेका थिए ।

आफू अनेरास्ववियु क्रान्तिकारीको उपाध्यक्षमा मनोनित भएपछि विद्यार्थी युनियनमा हुने माफिया भ्रष्टाचारको अन्त्य गर्ने समेत उनको भनाई छ।

आफूलाई अत्याधिक बहुमतका साथ विजय गराउनु हुन सम्पूर्ण विद्यार्थी युनियनका सदस्यलाई समेत उनले आग्रह गरेका छन्।

ज्ञानु खड्का विद्यार्थी राजनीतिमा निकै सक्रियपूर्वक लागिरहेका छन् भने ऊनी सहिद परिवारका सदस्य समेत हुन।

नेकपा माओवादी केन्द्र ले ३२ बर्ष सम्मको हत उमेर तोकेपछि विद्यार्थी अखिल क्रान्तिकारीको नेतृत्वमा ३२ वर्ष मुनिका युवा उम्मेदवारी चयन हुन थालेको हो।

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी)को २३ औँ सम्मेलनबाट नयाँ नेतृत्वको लागि पर्सि माघ १२ गते निर्वाचन हुँदैछ ।