प्रधानमन्त्री ओलीको अर्को रस्ट्रघाति काम पार्टीमा छलफल छैन राजदुत नियुक्त ,

असोज १६ ,काठमान्डौ – मन्त्रिपरिषद्को बिहीबार भएको बैठकमा सरकारले युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ।

अर्थमन्त्री संगै सञ्चार तथा सूचना मन्त्रि समालेका खतिवडाको कार्यकाल सकिएलगत्तै प्रधानमन्त्री ओलीले गत भदौ २९ गते मन्त्रीसरह सुविधा हुने गरी सरकारको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरे।

१८ दिन नपुग्दै प्रधानमन्त्री ओलीले खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार बनाएर फेरि राजदूतका रूपमा अमेरिका पठाउने निधो कसरी गरे त अहिले यो नेकपा भित्रको बहसको विषय चलेको समेत श्रोतको दाबी छ।

तर वालुवाटार श्रोतका अनुसार भने प्रधानमन्त्रीले खतिवडालाई पहिलेदेखिनै अमेरिकाको राजदुत बनाउने चाहन्थे। खतिवडाले आफु मन्त्रिबाट हटेपनि बाहिरबाट ओलीलाई सघाउछु भनेपछि ओली फुरुंग भए।

ओली खतिवडाको मोह भने अहिलेमात्र बढेको पक्कै होईन। प्रधानमन्त्री ओलीले खतिवडालाई पनि अब यहाँ बसेर विभिन्न झमेला झेल्नुभन्दा अमेरिका गएर बस्दा उतम हुन्छ भनेको वालुवाटारका एक सदस्यले बताए।

तेस्तै अमेरिकालगायत पश्चिमा मुलुकहरूसँग सम्बन्ध हुने र देशका लागि धेरै काम गर्नुपर्ने ठाउँ हो । विश्व बैंकलगायत दाताहरूसँग सम्पर्क सम्बन्ध बनाउनुपर्छ जो पायो त्यहीलाई पठाएर हुँदैन ,भनेर ओलीले आफ्ना विश्वासपात्र युवराज खतिवडालाई अमेरिकाको राजदुतमा नियुक्त गरेका हुन्।

पार्त्य्भित्र थुप्रै योग्य नेता हुँदा पनि ओलीले खतिवडालाई किन यसरि काखमा राखेका छन् त ? भनें यो नेकपाभित्र आम चासोको विषय बनेको छ। सचिवालय सदस्य झलनाथ खनालले कसैले जिम्मेवारी नै नपाउने तर कसैले बारम्बार जिम्मेवारी पाउने कुरा लाजमर्दो भएको बताए।

,नेपाल कम्युनिस्ट पार्टी नेकपा अधय्क्ष र प्रधानमन्त्री केपी शर्मा ओलीको भेट घाट छलफल चल्यो तर एक्कासी बन्द भयो। छलफलमा पुनर्गठन र पार्टी एकताका बाँकी रहेका काम टुंग्याउने विषयमा छलफल केन्द्रित रहने घई घुई सुईको चलेको थियो ।

मन्त्रीमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रिहरुलाई निरन्तरता दिने मनस्थितिमा ओली छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् ।

करिब एक साताको छलफलमा कुनै निष्कर्ष भने निस्कन सकेन ,प्रधानमन्त्री ओलीले एक्कसी बिनासल्लाह राजदूत सिफारिस गरेको भन्दै नेकपा कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य नेताहरु असन्तुट छन्।

प्रधानमन्त्री ओलीले पार्टीभित्र दुर्घटना निम्त्याउने काम गरेको मन्त्रि निकटश्रोत बताउछ। अमेरिकी मिलिनियम कर्पोरेसन एमसीसी परियोजना पास गर्ने योजनामापनि ओली छन् ,तेस्तै पार्टीभित्र अध्यादेशजारि गरेका ओलीको चौतर्फी विरोध गरेपछि अध्यादेश फिर्ता लिएका थिए ।

प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अधय्क्षबाट राजिनामा दिनुपर्ने सचिवालयमा आवाज उठेपछि ओली बैठकमानै सहभागी भएनन। यस्ता केपी ओलीका धेरै कर्तुत छन्।

अहिले दुवै अधय्क्ष छलफलमा जुटिरहेका छन् ,अध्यक्षद्वयले मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा छलफल केन्द्रित रहेकैबेला मन्त्रीहरू राख्ने र हटाउने मापदण्ड कस्तो हुने भन्ने सहमति जुटेको छैन।

सहमति नजुट्दै प्रधानमन्त्रीले राजदूत नियुक्तिमा एकलौटी गरेर सहमतिको सुरुवातलाई भंग गरेका छन्।

सचिवालयका एक सदस्य भन्छन यो पार्टी भित्र गम्भिर्च ह्हल्फल हुने छ। पार्टी प्रवक्ता नारायणकाजि श्रेठका अनुसार दाहालले एक–दुई दिनमै सचिवालय बैठक बोलाउने तयारी गरेका छन् ।

हालसम्म युवराज खतिवडाका नियुक्तिहरु,
१. शाही कालमा योजना आयोगको सदस्य
२. शाही शासन ढलेपछि फेरि योजना आयोगको सदस्य,
३. गणतन्त्र कालमा योजना आयोगको उपाध्यक्ष,
४. उपाध्यक्ष बहाल हुँदा नै राजीनामा दिएर राष्ट्र बैंकको गभर्नर,
५. गभर्नरबाट अवकाश पाएसँगै योजना आयोगको उपाध्यक्ष ६. उपाध्यक्ष सकिएपछि राष्ट्रियसभाको सदस्य,
७. राष्ट्रियसभाको सदस्य भएकै अवस्थामा अर्थमन्त्री,
८. राष्ट्रियसभाको कार्यकाल सकिएसँगै पुनः ६ महिने अर्थमन्त्री,
९. अर्थमन्त्रीसँगै सञ्चार मन्त्री,
१०.अर्थमन्त्रीको कार्यकाल सकिएको ६ दिनमै प्रधानमन्त्रीको मुख्य आर्थिक सल्लाहकार,
११. आर्थिक सल्लाहकार हुँदै अमेरिकाको राजदूत,

युवराज खतिवडा अमेरिकाको राजदूत सिफारिस,