surkhet

प्युठानमा बस दुर्घटना ५ जनाको मृतु , २५ जना घाईते ,,

surkhet

 

वैशाख ३० ,प्यूठान – आइतबार बिहानै प्यूठानमा भएको यात्रुबाहक बस दुर्घटनामा परी ५ जनाको मृत्यु भयको छ भने २५ जना घाईते भयका छन्

मृतु हुने हरु सबैको सनाखत भएको छ।

Dailekh

मृत्यु हुनेमा गाडी चालक कैलाली–९ का बीरबहादुर चौधरी, गौमुखी गाउँपालिका–२ अर्खा प्यूठानका १७ वर्षीय हिरा टमाटा, सोही गाउँपालिका वडा नम्वर ३ का २६ वर्षीय हरी मल्ल, प्यूठान नगरपालिका–२ निवासी २६ वर्षीय सविता शर्मा र मरन्ठाना प्यूठानमा माइतीघर भएकी कृष्णपुर नगरपालिका–२ कञ्चनपुरकी अन्दाजी ३१ वर्षीय सरीता चन्द रहेका छन्।

Gorkha

दुर्घटनामा परी २५ जना घाइते भएको प्यूठानका प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए। दुर्घटना कारणको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

महेन्द्रनगरबाट सदरमुकाम खलंगातर्फ आउँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्वरको यात्रुबाहक बस सरुमारानी गाउँपालिका–४ बडडाँडा बजार नजिक भिरालो बाटोमा दुर्घटनामा परेको हो।

गम्भीर घाइते सात जनाको बुटवल, दुई जनालाई कोहलपुर र थप दुई जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ।

सामान्य घाइते १४ जना उपचारपछि घर फर्किएको प्रहरी प्रमुख पोख्रेलले जानकारी दिए। जिल्लाबाट महेन्द्रनगर हुँदै रोजगारीका लागि धेरै युवाहरु यसै सडक भएर भारत जाने गरेका छन्।

salyan