surkhet

कर्णाली प्रदेश अविश्वास प्रस्ताव भित्रको चुरो कुरो, सांसद बिष्ट ,

surkhet

कार्तिक ८ ,काठमान्डौ – कर्णाली प्रदेश सरकार संसदीय दलभित्र भएको अविश्वास प्रस्ताव पेश सम्बन्धि प्रदेश सभा सदस्य सांसद ठम्मर बिष्टसंग रंग दर्पणले गरेको कुराकानीमा प्रश्नोत्तर यस प्रकार छ।

अबिस्वास प्रस्ताब दर्ता गर्नुको कारण के थियो ?
-अहीले धेरै खुद्रा मसीनो कुरातिर नजाऔं सरकारको तिन बर्षे कामको प्रोफमेन्सले अपेक्षाकृत रुपमा संसदीय दललाई बिश्वस्त पार्न सकेन जसको कारण दलमा तिनै बिषयमा ब्यापक छलफल होस भनेर यो प्रस्ताब दर्ता गर्नु परेको हो ।

तर सुरुमै जोगी देखी भैसी तर्सने भनेजस्तै सरकारले यस्तो चाल आफुलाई अपदस्त गर्ने कदम नैं हो भन्ने बुझ्दा कडा रुपमा प्रकट भयो ।

Dailekh

तपाइ र मुख्य मन्त्रि बिचपनि केही अन्र्तबिरोध पहीले देखीनैं थियो त्यसकारण तपाई यामलाल कंडेल सम्म पुग्नु यसैको कडीको रुपमा पनि अथ्र्याउन थालीएको छ नि?

– त्यो बिल्कुलै होइन । ब्यक्तिगत हीसाबले उँहा अहीले पनि मेरो आदरणीय लिडर नैं हो । ब्यक्तिगत संबन्ध राम्रो छ । हाम्रो ३३ जना संसदीय दलमा जनयुद्ध देखी अहीले सम्म नजीकवाट सहकार्य भएका पात्र मध्य उँहा र म नैं हौं ।

उँहाका धेरै राम्रा पक्ष पनि छन । युद्धमा हामी सबै संगै थियौं मृत्युलाई जितेरै आएको कमाण्डर हो उँहा । त्यसकारण ब्यक्तिगत संबन्धमा हाम्रो कुनै समस्या छैन । फेरी मैले ब्यक्तिगत ढंगले उहाका बिषयमा टिकाटिप्पणी पनि गरेको छैन ।

जनप्रतिनिधी भएर आइसकेपछी केही गरौं भन्ने प्रेसर हुदो रहेछ । सरकार सही वाटोतिर नगएको होकि भन्ने गहीरो महसुस भए पछि बिषयगत रुपमाकहीलेकाही कडा रुपमा टक्राउने स्थिती आउदो रहेछत्यसैलाई जोड्न खोजीएको होला अन्यथा केही होइन ।

किन आफ्नै संसदीय दलभित्र यसरी छापामार शैलीमा दर्ता गर्नु भयोत ? अन्य बिकल्प सबै सकिएको थियो?

-अबिस्वास प्रस्ताब भनेको एक प्रकारले धेरै संबेदनशील बिषय पनि हो । प्राय यो यस्तै आकस्मीक प्रक्रियावाटनैं दर्ता हुन्छ । सामान्यतया संसदीय प्रक्रियामा सरकारको कामकामकार्बाही प्रति टीका टीप्पणी गर्नु भनेको सरकारको नजरमा आफु तार्गेटमा परीने र त्यसलाई घाटा र नाफाको हीसाबले हेरीने संस्कार छ हाम्रो, यसैलेहमेशै सरकारको आलोचना गर्नु जोखीमपुर्ण रुपमानैं लिने गरीन्छ ।

यो नियम संसदीय दलमा समेत लागु नहुनेत कुरै भएन । तर सुरु देखीनैं हामी केही संसदहरुले सरकार राम्रो बनोस भनेर रचनात्मक ढंगले कुरो उठाउदै आएका थियौं । समयको हिसाबले ३ बर्ष पार हुन पनि लाग्यो र सरकाले अलीकन पनि महसुस गर्न नसकेको होकि भन्ने अनुभुती संसदीय दलमा हामी प्राय सबै संसदहरुमा परेकै थियो

। यसकारण हामी केही सांसदहरुले अबिस्वासको प्रस्ताबको अगुवाइ गरेका हौं । यो फेरी अनौंठो र अनुशाशन तोडेर गरेको पनि होइन बिधानले दिएको ब्यबस्था अनुसारनैं यस्दो कदम उठाइएको हो ।

पास हुनत सकेन त?
– अबिस्वास प्रस्ताब दर्ता प्रक्रियाको गन्तब्य भनेको सहमतिवाट निकास ननिस्कने अवस्थामा दलको नेता बदल्ने र सरकारमा समेत प्रभाब पार्न सक्ने बिधानत ब्यबस्था हुन्छ ।

तर हामीले सबै तयारी पुरा गर¥यौ । १८ जनाको हस्ताक्षर सहीत पत्राकार सम्मेलनमा अबिस्वासको प्रस्ताबको उद्येश्यवारे प्रश्ट पार्ने प्रयत्न गरयौं । तर २७ गते हस्ताक्षर गरेका कतिपय माननिय सदस्यज्यूहरु उपस्थित हुन सक्नु भएन । अनि प्राबिधीक र गणितिय रुपमा फेल हुने कुरा स्वभाबिक हुन गयो ।

 तपाइहरुत काउन्टरमा पर्नु भयोत किनकी अबिस्वास प्रस्ताब फीर्ता बुहमतले अस्वीकृत मात्रै भएन, मन्त्रिमन्डलमा तपाइहरुसंग हस्ताक्षर गरेका सांसदहरुलाई समेटेर पुर्नगठन हुदैछ भन्ने आएको छ । हस्ताक्षर मध्यका कतिलेत सचेतक लगाएतको जिम्मेवारी पनि पाइसक्नुभाछ ?तपाइहरुको कांधमात बन्धुक राखेर मात्र पड््काउनखाजेको जस्तो लाग्दैन । योत चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनेको जस्तो भयो हैन?

– हाम्रो उद्येश्य सकारात्मक रुपले हेर्दा पार्टी,संसदीय दल र सरकारको उचाइ बढोस भन्ने नैं छलफलको मक्सद हो । यसै अनुसार हामीले २५ गते अबिस्वास दर्ता गरेकोमा २७ गते हाम्रो बैठक बसेर बिषयलाई अगाडी बढाउनु पर्ने तालीका थियो तर केही माननिय सदस्य ज्युहरु उपस्थित नहुदा यो अवस्था सृजना भयो ।

अब कतिले मन्त्रि पाउनु हुन्छ के के पाउनु भयो अहीले धेरै छुचो कुरो नगरौं त्यो कुरा उहाहरुलाई नैं सोध्नुस तर मेरो भनाई यति होकि उहांहरुलाई यो प्रक्रियावाट पार्टीमा गम्भीर धक्का लाग्छ भन्ने लागेको भए यात सुरुमानैं हस्ताक्षर नगर्नु थियो या पछाडी हट्दा पनि कम्तिमा हामीलाई सुरुमै उहाहरुको मन्साय अवगत गराएको भए स्थिती त्यहीवाटै पनि अर्कोतिर मोडीन सक्थ्यो । मलाई लाग्छ उहाहरु अन्तत पार्टी नेतुत्वको प्रेसरलाई थेग्न सक्नु भएन र जसले गर्दा परिस्थिती एक सय असी डीग्री फन्को मार्न पुग्यो ।

तपाइहरुलाई नेतृत्ववाट कुनै प्रेसर वा प्रलोभन आएन ?
– तत्काल पुर्नबिचार गर्नुस भन्ने सुझाब, सल्लाह र दबाब नआएको होइन, पहीलो कुरा सरकारको कामकार्बाहीको बिषयमात कम्तीमा छलफल हुनै पर्छ भन्ने कुरामा समग्र संसदीय दल नैं एक ठाउमा उभिएको थियो र बिषय सही छ भन्ने कुरामा हामी दुबीदामा थिएनौं नैं दोश्रो कुरा यही मुद्धालाई समेटेर १ दिन अघी मात्र पत्राकार सम्मेलन मार्फत आफ्नो बिषय उजागर गरीसकेको अवस्थामा तत्काल यो प्रक्रियावाट बाहीरीदा अली बढी आफ्नो अडानवाट तुरुन्त पछी हटेको नैंतिक प्रश्न उठ्लाकी भनेर हामी नडग्मगाएर नेतृत्वको अवाग्या गरेर बस्यौं ।

तर लडाइको मैदानमा सिपाहीको एउटा टुकडी नपुगीसकेपछी मोर्चा बिफल हुनुको अन्य बिकल्पननैं थिएन हामीसंग । यो ब्याटलको समिक्षा गर्दा कमान्ड गर्ने साथिहरुलाई नैं सोध्नु पर्ने हुन्छ कि उहाहरुले लडाइको मैदानमा सिपाहीलाई किन साथमा लिन सक्नु भएन ।

उहांहरु संग केही दशक सम्म संगसंगै रहेका साथिहरुले छोड्न पुगे पनि हामीले अंतीम अवस्थासम्म पनि साथ दिएकै हौ । अरु सबै पुगेर हामी नपुगेको कारणले यो मोर्चा तुइएको भए हामी माथि पनि प्रश्न उठ्न सक्थ्यो तर युद्ध मोर्चामा कुनै सदस्य हाराउनु त्यो हाम्रो जिम्मेवारी होइन कमाण्ड गर्ने माननिय ज्यूहरुलाई सोध्नु पर¥यो त्यति मात्रै होइन त्यसको नैतिक जिम्मेवारी समेत अगुवाइ गर्ने साथिहरुले लिनु पर्छ ।

यसमा ब्यक्तीतग रुपमा मलाई कुनै पश्चाताप छैन किनकी मेरो कारणले मोर्चा बिफल भएको होइन र मैले आफुले ठुलो प्रेसर सहेर,नेता कार्यकर्ताको अगाडी नकारात्मक रुपमा चित्रित हुदा पनि मुद्धाका आधारमा अस्त्र उठाइसके पछी मैदानमा धोका दिुन हुदैन भन्ने मन्त्रका साथ एउटा बिन्दु सम्म अगाडी बढेको स्थिती हो ।

Gorkha

अहीले तपाइले पनि केही पद वा प्रलोभन पाएरै पछी हट्नु भयो , तपाइप्रतिको बिस्वास र क्रान्तिकारी छबि प्रति पनि मानिसहरुले टीकाटीप्पणी गरीरहेका छन नि ?
-बाहीर कसले के भन्छ भन्ने कुरोसंग म धेरै चासो र चिन्ता मान्ने मान्छे होइन ? त्यसले म उद्येलीत पनि हुदैन बास्तबिक कुरा के हो भने गत महीनाको २५ गते अबिस्वास दर्ता गरेदेखी बैठक तोकिएको दिन हुदै आजका मितीले २ दिन अघी सम्म म उहाहरुसंगै थिए ।

तर कर्णाली प्रदेशको कारणले देश नैं तरंगीत हुने र केन्द्र पार्टीमानैं कर्णालीकै कारण गम्भीर अन्र्तबिरोध पैदा भैसकेपछी झण्डै बिचार र दृष्टिकोणकै तहमा उभ्याउन थालेपछी हामीले गम्भीर रुपमा पुर्नबिचार गर्नु परेको हो किनकी मुख्य मन्त्रि र सरकारलाई बुझ्ने सवालमा हामी अहीले पनी एक ठाउमानैं हुन सक्छौं ।

तर यसको मत्लब बिचार र पार्टीको टुटफुट सम्मको कारकत कहीले कर्णालीको मुद्धा बन्दैन भन्ने गहीरो आत्मबोध र हाम्रा श्रदय नेताहरुको मर्म र पार्टी हेडक्वाटरको स्पी्रटलाई पकड्दै यो प्रक्रियावाट बाहीरीएको अवस्था हो ।

किनकी अबिस्वास प्रस्ताबको हस्ताक्षर बिधानत भाग २४ को धारा १ देखी ५ सम्मले गरेको ब्यबस्था अनुसार सरकारको कामकाबार््हीको रुपान्तरण नैं थियो नकि निरन्तर पार्टी र बिचारको तहमा जहासम्म पुगे पनि पुग्न सकिने भन्ने ध्वंसात्मक सम्झौता थिएन ।

यसैले पार्टी बिचार र केन्द्रिय हेडक्वाटरलाई अप्ठेरो पर्ने स्थिती पैदा भैसकेपछी यी तपसीलका सबै बिषयमा पछी छलफल गर्ने गरी अगाडी बढेको अवस्था हो ।

फेरी अर्को कुरा कसले राम्रो भन्यो र भनेन भन्ने कुरा पनि बिचार र दृष्टिकोणको आधारमा प्रकट हुने कुरा हुन किनकी हीजो यही मुद्धामा उभिदा राम्रो समर्थन गर्ने एकथरी साथिहरु अहीले बिरोध गरेको जस्तो देखीन्छ पहीले बिरोध गर्ने साथिहरु अहीले समर्थन गरेको जस्तो देखीन्छ यो आफ्नो बुझाइ र धरातलवाट प्रकट हुने कुरा हो ।

 तपाइहरुको अबिस्वास प्रस्ताब सेटब्याग खाइसकेपछी अबसरकारकै सबै निणय मानेर जानुहुन्छत ?
– मोही माग्नु ढुंग्रो लुकाउने गर्नु हुदैन अब यसको अगाडीत हामीसंग कुनै बिकल्पनैं छैन मान्नु बाहेक किनकी हामीले १८ जनालाई कायमै राख्न सकेको भए यात सरकारसंग कुनै बिन्दुमा सहमती हुन्थ्यो अन्यथा समन्वय तोडीदा हामी सरकार बनाउने तहसम्म पनि पुग्न सक्थ्यौ भने उहाहरु सरकारको रो वाट संसदको रोमा आउनै पथ्र्यो ।

तर अब त्यो अस्त्र असफल भैसकेपछी बहुमत उता भैसकेपछी एउटै पार्टी भित्रको सवालमा पुन आआफ्ना कमजोरी र सीमाहरुलाई महसुस गर्नु र सहमतीको बिन्दु नखोजेर बाहीरवाट समाधान खोज्नु भनेको यात सधैं प्रतिपक्षको भुमीकामा रही राख्नु पर¥यो यात प्रतिपक्ष सम्म पुगेर आफ्नै पार्टीको सरकारलाई गीराउने तह सम्म पुग्नु पर¥यो ।

त्यसकारण त्यहासम्मको हाम्रो कदम नभएकोले अबिस्वास प्रस्ताब र हस्ताक्षर अभियानको औचित्यता सिद्धीएको अवस्था हो । यद्यपी सरकारका कमीकमजोरी रुपान्तरको बिषयमा हामी निरन्तर संसदीय दल र संसद मार्फत आफुना आवाजहरुलाई बुलन्द गरीराख्ने छौं । यो स्थितीमा अब हामी ब्यापक असहमतिका बाबजुद सबै एकताबद्ध भएर संसदीय दल भित्रको पार्टीलाई शुद्धीढ बनाएर लानुको बिकल्पनैं छैन ।

यो प्रक्रियाले तपाइहरुको आफ्नै राजनैतिक जिबनमा,संसदमा र कर्णाली प्रदेशमा नकारात्मक संन्देश गयोनी ?
– हैन मत द्धन्दात्मक भौतिकवादको बिद्यार्थी भएकोले हरेक नकारात्मक पक्षमा सकारात्मक पक्षलाई देख्छु । यसले नकारात्मक मात्र होइन सकारात्मक पक्षहरु प्नि प्रकट भैरहेका छन ।

पहीलो कुरा यसले कर्णाली प्रदेशका समस्याहरु कर्णालीको सीमाना छिचोल्दै राष्ट्रिय र अन्तराष्ट्रिय सिमाना सम्म पुगीसकेको छ । यो राम्रो पक्ष हो किनकी अब सरकारलाई संसदीय दल र संसदवाट मात्र होइन राम्रो काम गर्न आम रुपमा दबाब पर्न सक्छ जसले गर्दा सरकार रुपान्तरणकोबाटोमा जान सक्छ ।

दोश्रो कुरा प्रस्ताब फेल हुदाहुदै पनि यो अभियानको अगुवाई गर्ने नेता कमरेडहरुको चर्चा र क्षमता बालुटार, खुमलटार र कोटेश्वरमा समेत प्रकट हुन पुग्यो साथसाथै आफ्नै सरकारलाई सच्याउनलाई यति सम्मको आलोचनाको तह सम्म जान सक्ने कोणवाट बिश्लेषण हुदा हामी सबै अभियन्ता प्रति सकारात्मक संदेश पनि संगसंगै प्रभाह भैरहेको छ ।

यसैले कसैको हाइट बनेको या खस्केको भन्ने होइन समग्रमा हामी सबैको हाइट बढाएको छ यसले । सायद यसले अब हाम्रो संसदीय दलमा हरेक मुद्धाहरुलाई बुझ्ने र निर्णय गर्ने क्षमतामा बिकास हुनेछ र अन्तत यसले हाम्रो कम्युनिष्ट पार्टी र संसदीय दलको कद बढ्ने छ ।

अबिस्वास प्रस्ताबको कदमले त्यसको कमाण्ड गर्ने यामलाल कंडेलाईत उहाको राजनैतिक जिबनमानैं गम्भीर धक्का लाग्यो भनेर चर्चा हुन थालेको छनि ?

-त्यो भन्दा पनि सारमा बिगतको गम्भीर समिक्षा गरेर एकताबद्ध भएर जानु पर्ने हुन्छ र प्रदेशकै पदाधीकारीको रुपमा नेतृत्वगर्ने क यामलाल कमरेडले त्यसको पहल लिनु पर्ने हुन्छ । अहीले पनि उहा हाम्रो सम्मानित नेतृत्व हुदैहो ।

अहीले पनि हामी एकै ठाउमा छौं बिषयका आधारमा भोली नजिक टढा हुन सकीएला ।यो अली बढी मेडीयाकरण भएकोले होला । बास्तबिकता त्यस्तो होइन । उहाको राजनैतिक उचाइ सीदीने भन्दा पनि बढेको छ ।

मैले माथिनैं पनि भने पार्टी एकता पछि कोहो यामलाल ?धेरै चर्चाको बिषय थिएन तर यो अबिस्वासको प्रस्ताबले बालुटार देखी खुमलटार सम्मको उहाको बिषयबस्तु प्रस्तुतीकरणले प्रदेश सभामा र नेकपाको संसदीय दलमा यस्ता क्षमतावान ब्यक्तित्वहरु पनि रहेछन भन्ने संन्देश दिएको छ ।

अर्को कुरा उहा अहीले पनि नेकपाको कर्णाली प्रदेशको नेता र सह इन्चार्ज हो र झण्डै आधा सताब्दी उहाको राजनैतिक जीबनको करीयर छ । त्यसकारण राजनैतिक जिबनमा कहीलेकांही कुनै मोर्चा असफल हुन सक्छ तर समग्रमा रणनैतिक रुपले ब्यक्ति सफल छ कि छैन भन्ने कोणवाट बुझ्दा ब्यक्तिलाई बुझ्ने सवालमा ठिक ठाउमा पुग्न सकिन्छ ।

ठम्मर बिष्ट कर्णाली प्रदेशसभा सदस्य ,,

रंग दर्पण सम्वाददाता,,

salyan