Gold
Bangad salyan

दशैको अवसर पारेर बेलौती बोलको म्युजिक भिडियो सार्वजनिक ,

Salyan

कार्तिक ८ ,काठमान्डौ – बडा दशैको अवसर पारेर बेलौती सालैजो बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ। गायक तथा सर्जक चेतन घर्तिमगरले दर्शकमाझ सुभकामना सहित बेलौती काँचोलाई पस्केका हुन्।

गायक प्रसाद खप्तरी मगरको शब्द लय अनि एरेन्जमा रहेको बेलौती गीतमा चर्चित गायिका देबि घर्ती र चेतन घर्ती मगरले आवाज दिएका हुन् ।

पछिल्लो समयमा दर्शकले अतिनै मन पराएका चर्चित अनि ब्यस्त निर्देशक चित्र मास्की मगरले बेलौती गितलाई निर्देशन तथा कोरियोग्राफी गरेका छन्।

सम्भु चालिसेले क्यामेरामा कैद गरिएका छायांकन तस्विरहरुलाई सुजन साहीले सम्पादन र रंग रोगन गरेका हुन्।

गितमा आरुषी मगर र दिनेश मगरको अभिनय देख्न सकिन्छ। सार्वजानिक भएको केहि छिनमै गितलाई दर्शकले राम्रो प्रतिक्रिया दिएको पाईन्छ ।