फेसबुक स्टाटस तरंग,अन्तरविरोध संवाद होईन,सहमतिका साथ समाधान खोज्नुहोस
काठमाडौं, १६ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पार्टीको अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गरेका छन् ।
पार्टी एकता यतिवेला गम्भीर संकटको मोडमा आईपुगेको खतरा औंल्याएका अर्थमन्त्री विष्णु पौडेलले आज सामाजिक सञ्जाल फेशबुकमार्फत यसो भनेका हुन् । समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गठन भएकाले नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन भन्ने मन्त्री पौडेलको धारणा रहेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सामाजिक संजालमा यसरि लेखेका छन् ।
”राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो । तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ । नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।”