ईजरायल हमास युद्दविराम रिहाई हुने ३३ बन्धकमा विपिनको नाम छैन
माघ ७
काठमान्डौ – इजरायल सरकारले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ ।
जसमा दोधारा चाँदनी (कञ्चनपुर)का विपिन जोशीको नाम छैन । हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा थिए ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए ।
त्यहाँ गएको एक महिना नहुँदै इजरायलको दक्षिणी क्षेत्रस्थि अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो ।
आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको भन्ने खबर छ। त्यति बेलादेखि विपिनको अवस्था अज्ञात छ ।
हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको छ ।
विपिनकि आमा पदमाले भने युद्दविरामका हरेक समचार हेर्ने र छोराले म्यासेज पठाउने आशामा रहेको मलिन अनुहारमा बताइन।
विपिन सकुशल रहेको गृहमन्त्री रमेश लेखकले बताए । उनको रिहाईको लागि पहल भैरहेको पनि उनले बताए ।