surkhet

बाकेमा बढ्यो अपराधिक गतिबिधि,अपराधिक क्रियाकलापमा संलग्न ब्यक्तिहरु सार्वजनिक

surkhet

काठमाडौं,१९ कात्तिक । बाँकै प्रहरीले मंगलबार ९आज० पत्रकार सम्मेलनको आयोजना गर्दै पछिल्लो तीन दिनयता नियन्त्रणमा परेका ब्यक्तिहरुलाई सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक ९एसपी० ओमबहादुर रानाले रेड पाण्डाको छाला, अवैध ठगी तथा अवैध लागूपदार्थ कारोबारमा संलग्न ब्यक्ति र उनीहरुको साथबाट बरामद गरिएका अबैध सामग्रीको विवरणसहित सार्वजनिक गरेका हुन् । बाँके प्रहरीले नागमणी भनि ठगी गर्ने गीरोहलाईसमेत नियन्त्रणमा लिएको दाबी गरेको छ । जिप्रका बाँकेका एसपी ओमबहादुर रानाले नागमणी उपलब्ध गराउने भनि ठगी गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिइएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

दाङको घोराही नरगपालिका–१७ का माधव अधिकारीलाई नागमणी उपलब्ध गराउने भनि १ करोड ८९ लाख ५० हजार असुल गर्ने दैलेख नौमुलेका ३५ वर्षीय धनबहादुर रोका, सल्यान कुमाखका ३१ वर्षीय कृष्ण शाह र सल्यान शारदा नगरपालिकाका ३० वर्षीय डिल्ली बहादुर बोहोरालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । त्यस्तै, प्रहरीले आइतबार बाँके र दाङको सिमाना शिवखोलाबाट ३ किलो लागूऔषध अफिम बरामद गरेको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको संयुक्त टोलीले ३ किलो लागूऔषध अफिमसहित नियन्त्रणमा लिइएको ब्यक्तिलाई मंगलबार सार्वजनिक गरिएको हो ।

शनिबार दिउँसो ३ बजेको समयमा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बाँके राप्तिसोनारी गाँउपालिका १ शिवखोलास्थित संकास्पद रुपमा बसिरहेका ब्यक्तिबाट उक्त परिमाणमा लागूऔषध बरामद गरिएको एसपी रानाले जानकारी दिए । रुकुम सानिभेरी गाँउपालिका–८ बस्ने २७ वर्षीय चन्द्र प्रकाश वलीलाई चेकजाँच गर्दा उनले बोकेको कालो खैरो रंगको झोलामा अफिम भेटिएपछि निजलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको रानाले बताए । नियन्त्रणमा परेका वलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।

Dailekh
Gorkha

यसैबीच बाँके प्रहरीले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित मंगलबार ४ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा मंगलबार दिउँसो ब्राउन सुगरसहित नियन्त्रणमा परेका ब्यक्तिहरुलाईसमेत सार्वजनिक गरिएको थियो ।
सोमबार दिउँसो पौने १ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका–१३ मा रहेको किसान ईट्टाभट्टा नजिकबाट २२ ग्राम ब्राउन सुगरसहित नेपाली तथा भारतीय ४ युवालाई नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव निरीक्षक बम बहादुर रावल र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जका प्रहरी नायव निरीक्षक प्रेम बहादुर अधिकारीको नेतृत्वमा खटिएको संयुक्त टोलीले बिशेष सुराकीको आधारमा खानतलासी गर्दा उनीहरुको साथबाट ब्राउन सुगर बरामद गरेको थियो ।

नियन्त्रणमा पर्नेमा भारतको बहराइज रुपैडिहा थाना बस्ने वर्ष १८ को जुगिन्दर सोनी, सोही ठाँउ बस्ने वर्ष २९ को राकेश सोनी, बाँकेको खजुरा गाँउपालिका १ बस्ने वर्ष १९ को विष्णु थापा क्षेत्री र नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी बस्ने वर्ष २५ को सागर थापा रहेका छन् ।

प्रहरीले सोनीको साथबाट २० पुरिया ९२० ग्राम० ब्राउन सुगर र क्षेत्री तथा थापाको साथबाट २ पुरिया ९२ग्राम० ब्राउन सुगर बरामद गरेको एसपी रानाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

salyan