surkhet

नेकपा भित्र चर्किदो बिबाद,राष्ट्रपति भण्डारीको चासो,अब पाउला त् निकास ?

surkhet

काठमाडौं,१९ कात्तिक ।नेकपाको पार्टी भित्र गुट उपगुट भएर पार्टी बिबाद भएको छ ।यसरि पार्टी भित्र बिबाद भैरहदा नेकपाभित्र विवाद बढीरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाउनुभएको छ । यसैबीच दुई अध्यक्षबीच वार्ता गराएर पार्टी एकता जोगाउन दोस्रो तहका नेताहरु पनि सक्रिय भएका छन् । अध्यक्षद्धय ओली र दाहालबीच सम्वादहिनता तोड्न नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सक्रिय हुनुहुन्छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीको निर्णय नमानेको र एकलौटी गरेको भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् । उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपति भवन शीतल निवास बोलाएरै राष्ट्रपति भण्डारीले विवाद मिलाउन सुझाव दिएको बताइएको छ । भेटमा नेकपाभित्रको समस्या समाधानमा उपाध्यक्ष गौतमको विगतको भूमिका महत्वपूर्ण रहँदै आएको बताउँदै राष्ट्रपति भण्डारीले यसपटक पनि भूमिका निर्वाह गर्न आग्रह गरेको बताइएको छ ।

Gorkha

साथै अब विवाद नहुने गरी नेताहरुलाई एक ठाउँमा ल्याउनुपर्ने पनि सुझाव दिइएको गौतमको सचिवालयले जनाएको छ । गौतम मंगलबार साँझ राष्ट्रपति निवास पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले भोलि अध्यक्ष पुष्पकमल दाहाललाई पनि छलफलका लागि बोलाउने तयारी गरेको बुझिएको छ । नेकपा विवाद मिलाउन ‘पावर शेयरिङ’को प्रस्ताव अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओली समक्ष राखेको बुझिएको छ ।

Dailekh

तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् । तर, ओलीले आफू कुनैपनि बैठक राख्ने पक्षमा नभएको भन्दै जबरजस्ती बैठक राखे र आफूविरुद्ध निर्णय गरेर ठूलो कदम चाल्ने दाहाललाई चेतावनी दिएपछि पार्टी फुटको अवस्थामा पुगेको विश्लेषण भइरहेको छ ।

salyan