नायिका करिश्मा मानन्धर र शिव श्रेष्ठका छोरा छोरी चलचित्रमा डेब्यु गर्दै ,,
जेठ २ ,, नायिका करिश्मा मानन्धर र शिव श्रेष्ठका छोरा छोरी चलचित्रमा डेब्यु गर्दै छन् ।,नायक शिव श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को एक्सन टिजर आज रिलिज गरिएको छ । एक्सनलाई महत्व दिइएको टिजरलाई यूवापुस्तालाई टार्गेट गरेर तयार पारिएको छ ।
यो चलचित्रको हाल धमाधम छायांकन भैरहेको छ । चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । चलचित्रलाई यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् ।
टिजर सार्वजनिक कार्यक्रममा यही चलचित्रबाट यो क्षेत्रमा भित्रदै गरेका दुई चर्चित कलाकारका सन्तानहरुलाई पनि मिडियासँग परिचय गराइएको थियो ।
यो चलचित्रमा नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर चलचित्र क्षेत्रमा भित्रियाका छन् ।
कार्यक्रममा बोल्दै कविताले भनिन्-‘यो चलचित्रबाट डेब्यू गर्न पाउँदा म खुशी छु । मैले आफ्नो सक्दो काम गर्नेछु र दर्शकलाई निराश बनाउने छैन ।’
तेस्तै नायक शिव श्रेष्ठका छोराले पनि सानै देखि आफुलाई हिरो बन्ने सपना भयको आफ्नो बाबुलाई बार बार कहिले बन्ने म हिरो भन्दा समय आयपछी बनाउछु भनेको आज पुरा भयको बतायका छन्।
उता शिव श्रेष्ठको फ्लिममा आफ्नो छोरीले डेब्यु गर्नलागेको हुँदा करिश्मा खुसि भयकी छिन ,।