नेकपा भित्र चर्को विरोध ,एकाबिहानै प्रधानमन्त्री ओली हेलिकप्टर चढेर संखुवासभा जाँदै
काठमाडौँ – नेकपा भित्र चर्को विरोधका स्वरहरु गुञ्जिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली आज सङ्खुवासभा जाँदैछन् । उनी अहिले केही बेरमा
हेलिकप्टरबाट संखुवासभा प्रस्थान गर्ने र सबैभन्दा पहिले चीनसँग सीमा जोडिएको उत्तरी नाका किमाथाङ्का पुग्ने स्रोतले जनाएको छ ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्नेछन् ।
आज अपराहन्न ४ बजेसम्म त्यहाँ बस्दा ओलीले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्ने कार्यक्रम रहेको छ । आज प्रधानमन्त्री ओली सङ्खुवासभा जाने भएपछि त्यहाँको सुरक्षा ब्यबस्था कडा पारिएको छ ।