कौडा खेल्दा खेल्दै २ लाख ६४ हजार नगदसहित भक्तपुरमा १० जुवाडे प,क्राउ
२ मङ्सिर – भक्तपुरमा प्रहरीले कौडा खेलिरहेको अवस्थामा १० जुवाडेलाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका–८ बोडेस्थित अमरकृष्ण अवालले सञ्चालन गरेको नगदेश स्कुनर हाउसबाट १० जना जुवाडेलाई प,क्राउ गरेको हो ।
कौडा खेलिहरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको टोलीले २ लाख ६४ हजार १३५ रुपैयाँसहित १० जनालाई नियन्त्रणमा लिइएको वृत्तका प्रहरी नायब उपरीक्षक ९डीएसपी० ऋषि कँडेलले जानकारी दिए ।
डीएसपी कँडेलका अनुसार पक्राउ पर्नेहरुमा अम्मर कृष्ण अवाल, राजकुमार चित्रकार, रविन्द्र नापित, टिका ज्यापु, कर्ण लामा, राजेन्द्र साहुखल, श्यामकृष्ण घजु, हिराकाजी प्रजापती, पञ्चकुमार घजु र तुई लाल प्रजापति रहेका छन् । प,क्राउ परेका उनीहरुको साथबाट १६ वटा कौडा समेत बरामद भएको डीएसपी कँडेलले बताए । अमरकृष्ण अवाल स्कुनर सञ्चालक समेत हुन् ।